News Portal

निर्वाचन आयोगले पठायो एमाले–माओवादी ब्यूँतिएको पत्र (पत्रसहित)

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक रुपमा जानकारी दिएको छ। 

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न मंगलबार बसेको आयोग पदाधिकारीको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।

आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा काम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

गोपाल किराँतीको माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेले नाम फेर्नुपर्ने

निर्वाचन आयोगले गोपाल किराँतीको अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतद्वारा फागुन २३ गतेको फैसलाअनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम भएका कारण उक्त मिति पछि दर्ता भएका सोही नामका दुवै दललाई नाम परिवर्तनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

 

केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि आयोगको सूचीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामक दल नरहेकाले किराँतीले नेकपा माओवादी केन्द्र र तिवारीले नेकपा एमाले नाम लिएर दल दर्ता गराएका थिए ।

सर्वोच्चको आदेशले साविकका नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राजनीतिक दल उत्प्रेषणको आदेशले बदर भएपछि आयोगले त्यसपछि दर्ता भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नाम परिवर्तनका लागि आग्रह गर्ने निर्णय गरेको हो । दुवै दललाई १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेस गर्न जानकारी गराउने भएको छ

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...