News Portal

  • मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

    “समाजमा विशेष योगदान पुर्याएका विभिन्न मुलुकका महिलाहरुलाई प्रशंसा-पत्र सहित सम्मान”

    हिमालीसंचार संवाददाता
    ५१३ पटक

    मकाउ – मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरी विभिन्न मुलुकका महिलाहरुको सहभागितावीच संयुक्त रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मनाएका छन्।

    आयोजित कार्यक्रममा मकाउका स्थानीय प्रमुख अतिथि General assembly president of ATFPM- Dra Rita Botelho, Deputy of the legislative assembly of Macau Dr. Jose Pepeira Coutinho विशिष्ट अतिथि र नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगरले १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आफ्नो धारणा राखेका थिए। 

    आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कुमारी सुब्बा,विन्दु सुनुवार राई, सृजना केसी, गीता मगर शेर्पा, सर्मिला राई, ग्रेस पागाउन र निर्मला थापा मगरलाई प्रशंसा पत्र र सम्मान आमन्त्रित प्रमुख अतिथि रिता साथै विशिष्ट अतिथि डा. जोसद्वारा प्रदान गरिएको थियो।  

    नारी दिवसको अवसरमा त्रिपक श्रीस र सुनीता अधिकारीले नृत्य प्रस्तुत गरेका थिए। त्रिपक मगर राष्ट्रिय पोशाकमा सजिएका थिए भने सुनीता साडीमा सजिएकी थिइन । कलाकारको मौलिक नृत्यले उपस्थित महानुभावहरुको ध्यान खिचेको थियो।

    विश्वभर आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा मकाउमा पनि नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालमा पनी विभिन्न कार्यक्रम आयोजना गरेर नारी दिवस मनाउने गरेको छ। ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ यो वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। आयोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...