News Portal

म प्रधानमन्त्रीको रेसमा छैन : काँग्रेस सभापति देउवा

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नरहेको बताएका छन्। काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमाेचन समारोहमा उनले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन। प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे। तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन।”

काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन्। उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए।

उनले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई याे गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ। त्यसैले मैले अदालतलाई याे गर त्याे भन्नुहुँदैन भनेकाे हुँ। यसमा म प्रतिबद्ध छु।”

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...