News Portal

प्रचण्ड दोस्रोपटक नेकपाको संसदीय दलको नेतामा चयन

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो।

गत पुस ५ प्रतिनिधिसभा भंग भएलगत्तै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको थियो। तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उनलाई दलको नेतामा चयन गरेको हो।

संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डलाई सांसद्हरुलाई धन्यवाद दिएका थिए। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित बनेको थियो।

तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दुई खेमामा बाँडिएको नेकपा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...