News Portal

ताप्लेजुङ दोभानको बजार जल्दा १ करोड ६० लाख नगद जल्यो, कुल ४० करोडको क्षति, ५० घरका ६३ परिवार विस्थापित

हिमालीसंचार संवाददाता
३७३ पटक

ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको दोभान बजारमा मंगलवार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । उक्त विवरण गाउपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा गठित समितिले बिहीबार बिहान सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरेको हो ।

जिल्लाको खाम्लुङ दोभान बजारमा ५० घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने तिनका धरधनी तथा डेरावालसहित ६३ घरपरिवार विस्थापित भएको विवरणमा उल्लेख छ। आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगदै जलेको पनी आङदेम्बेले बताए।

यसअघि गाउँपालिकाले निकालेको प्रारम्भिक तथ्यांकमा ४९ घर जल्दा ५५ परिवार विस्थापित भएको उल्लेख थियो। त्यसपछि एक घर र ८ परिवार थप भएको आङदेम्बेले जानकारी दिए। उनका अनुसार विस्थापित हुनेमा १ सय ५६ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय २४ जना छन्। सरकारी कार्यालयहरूको क्षति मात्रै १ करोड २२ लाख ५० हजार रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ। गाउँपालिका, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, ग्लोबल आईएमई बैंक र दोभान मनी ट्रान्स्फरमा पनि क्षति पुगेको आङदेम्बेले बताए।

गाउँपालिकाले पीडितलाई राहत वितरणमा एकद्वार नीति लिएको छ। गाउँपालिकाका प्रवक्ता सूर्यप्रकाश बराइलीका अनुसार सहयोगी संस्थाले ल्याएको राहत गाउँपालिकामार्फत वितरण गर्ने नीति बनाइएको हो।

यसका लागि आगलागी भएको क्षेत्रमा गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको छ। बुधबार र बिहीबार बिहान आएको राहत सामग्री बुझ्ने काम भएको बराइलीले जानकारी दिए। बुधवार गौरादहका फर्निचर व्यवसायी र बिहीबार इसाई समाजले टेन्ट, पाल, कम्बल, चिनी, चिउरालगायत सामग्री उपलब्ध गराएका छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...