News Portal

  • ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    रविन भट्टराई/विराटनगर – मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।

    गाउँपालिका उपाध्यक्ष मन्जिता कुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’ उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन्। ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन्।

    जनप्रतिनिधि र कर्मचारीबाहेक अरू पनि भ्रमणमा सहभागी हुने भएपछि आफूले यात्राको एक दिनअघि मात्र रद्द गरेको उनले सुनाइन्। जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वाभाविक भए पनि भ्रमण सूचीमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगन गरेको उनको भनाइ छ। भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीले परिवारका सदस्यलाई पनि लगेको जनाइएको छ।

    गाउँपालिका अध्यक्ष कामतले गाउँपरिषद्का बेला जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। बजेट पुस्तिकामा भने ज्येष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको कामतको भनाइ छ। ‘हामीले बजेट बनाउँदा परिषद्मा अन्य गाउँपालिकासँग अनुभव साट्ने उद्देश्यले नै यो शीर्षकमा छलफल गरेका थियौं’, उनले भने, ‘तर, बजेट पुस्तिकामा फरक शीर्षकमा छापिएछ, दुरुपयोग होइन।’

    अध्यक्षले भ्रमणको बचाउ गरे पनि गाउँपालिकाले जेष्ठ नागरिकका लागि यसबाहेक अरू कुनै कार्यक्रम बनाएको पाइएको छैन। उपाध्यक्ष सरदारले जाडोको बेलामा न्यानो कपडा उपलब्ध गराउने बाहेक गाउँपालिकामा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रम नरहेको बताइन्। समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको बजेटलाई अन्यथा खर्च गर्नु दुरुपयोग भएको स्थानीय ज्येष्ठ नागरिकको गुनासो छ।

    ‘जुन समुदायलाई लक्ष्य गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको निन्दनीय छ’, स्थानीय ८५ वर्षीय यदुनाथ घिमिरेले भने, ‘यसले हामीलाई अन्याय भयो।’ जनप्रतिनिधि र कर्मचारीले गरेको बजेट दुरुपयोगको स्थानीय नेताले पनि आपत्ति जनाएका छन्। नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा आफ्ने ध्यानाकर्षण भएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...