News Portal

उर्लाबारी प्रवीण बाँस्तोला मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

हिमालीसंचार संवाददाता
६४४ पटक

मोरङ – उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन् । ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र अनुसन्धानमा बेवास्ता गरी ढाकछोप गर्न खोज्नेलाई कारबाहीका लागि जिल्ला तहसम्म आन्दोलन गर्‍यौं,’ उनले भनिन्, ‘तर अहिलेसम्म मुद्दा अदालतमा गएर यसअघि नै पक्राउ गरेर जिम्मा जमानीमा छोडेका आरोपितमध्ये दुई जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ ।’ आरोपी अन्य ४ जनालाई पनि पक्राउ गरी अदालतमा उपस्थित गराउनुपर्ने र अनुसन्धानमा लापरबाही गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने सदीक्षाको भनाइ छ ।

इन्स्पेक्टर पोखरेलले घटनाको मिसिल बुझाउँदा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै दुईपटक फिर्ता गरेको र त्यही फाइलका आधारमा अहिले मुद्दा दर्ता भएकाले न्याय प्राप्त हुनेमा आशंका रहेको स्थानीय नारायण बस्नेतले बताए । मिसिल कमजोर पार्ने पोखरेललाई अझैसम्म कारबाही नगरेकाले सशक्त आन्दोलनमा उत्रिनुपरेको बस्नेतको भनाइ छ । ‘प्रहरी निरीक्षक पोखरेलबाट उर्लाबारीवासीले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘आइतबार सशक्त आन्दोलनमा उत्रने तयारीमा छौं ।’

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडित पक्षका केही व्यक्ति इन्स्पेक्टर पोखरेलले गल्ती गरेको र केही नगरेको भन्नेमा रहेको बताए । ‘पीडित परिवारले मिसिल तयारीमा लापरबाही भएको प्रश्न उठाएका छन्, समिति गठन भएर छानबिन भइरहेको छ,’ उनले भने, ‘छानबिन प्रतिवेदनले प्रहरी निरीक्षक दोषी देखिए कारबाही प्रक्रियामा जान्छ र नदेखिए संगठनले अझै संरक्षण गरेर दिएको जिम्मेवारीमा खटाउँछ ।’

प्रहरी उपरीक्षक खड्काले फरार ४ जनालाई पक्राउ गर्न प्रहरी टोली खटिएको बताए । घटनाका आरोपित उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् । 

अनुसन्धानका लागि पीडित पक्षले दबाब दिएपछि जिल्ला प्रहरीले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरी छानबिन गरिरहेको छ । गत पुस ५ गते भएको उक्त घटनामा जिल्ला अदालत मोरङमा मंगलबार मात्रै ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । बुधबार मिसिलसाथ पेस गरिएका दुई जनाको बयान लिइएको थियो । बिहीबारको थुनछेक बहसमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

प्रतिकृया दिनुहोस्

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...