News Portal

  • उर्लाबारी प्रवीण बाँस्तोला मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

    हिमालीसंचार संवाददाता
    ५०६ पटक

    मोरङ – उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

    मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन् । ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र अनुसन्धानमा बेवास्ता गरी ढाकछोप गर्न खोज्नेलाई कारबाहीका लागि जिल्ला तहसम्म आन्दोलन गर्‍यौं,’ उनले भनिन्, ‘तर अहिलेसम्म मुद्दा अदालतमा गएर यसअघि नै पक्राउ गरेर जिम्मा जमानीमा छोडेका आरोपितमध्ये दुई जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ ।’ आरोपी अन्य ४ जनालाई पनि पक्राउ गरी अदालतमा उपस्थित गराउनुपर्ने र अनुसन्धानमा लापरबाही गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने सदीक्षाको भनाइ छ ।

    इन्स्पेक्टर पोखरेलले घटनाको मिसिल बुझाउँदा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै दुईपटक फिर्ता गरेको र त्यही फाइलका आधारमा अहिले मुद्दा दर्ता भएकाले न्याय प्राप्त हुनेमा आशंका रहेको स्थानीय नारायण बस्नेतले बताए । मिसिल कमजोर पार्ने पोखरेललाई अझैसम्म कारबाही नगरेकाले सशक्त आन्दोलनमा उत्रिनुपरेको बस्नेतको भनाइ छ । ‘प्रहरी निरीक्षक पोखरेलबाट उर्लाबारीवासीले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘आइतबार सशक्त आन्दोलनमा उत्रने तयारीमा छौं ।’

    जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडित पक्षका केही व्यक्ति इन्स्पेक्टर पोखरेलले गल्ती गरेको र केही नगरेको भन्नेमा रहेको बताए । ‘पीडित परिवारले मिसिल तयारीमा लापरबाही भएको प्रश्न उठाएका छन्, समिति गठन भएर छानबिन भइरहेको छ,’ उनले भने, ‘छानबिन प्रतिवेदनले प्रहरी निरीक्षक दोषी देखिए कारबाही प्रक्रियामा जान्छ र नदेखिए संगठनले अझै संरक्षण गरेर दिएको जिम्मेवारीमा खटाउँछ ।’

    प्रहरी उपरीक्षक खड्काले फरार ४ जनालाई पक्राउ गर्न प्रहरी टोली खटिएको बताए । घटनाका आरोपित उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् । 

    अनुसन्धानका लागि पीडित पक्षले दबाब दिएपछि जिल्ला प्रहरीले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरी छानबिन गरिरहेको छ । गत पुस ५ गते भएको उक्त घटनामा जिल्ला अदालत मोरङमा मंगलबार मात्रै ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । बुधबार मिसिलसाथ पेस गरिएका दुई जनाको बयान लिइएको थियो । बिहीबारको थुनछेक बहसमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal