News Portal

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाण्डौ – उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्। उनी सुगरसहित पक्राउ परेकी हुन । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।  तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले  पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए। पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका हुन्। पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन्।  उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...