News Portal

  • न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    काठमाण्डौ – उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्। उनी सुगरसहित पक्राउ परेकी हुन । 

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।  तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले  पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

    पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए। पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका हुन्। पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन्।  उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...