News Portal

जापान पुग्यो जुम्ली मार्सी र सिमी, क्यानडाका लागि पनि तयारी

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाण्डौ – जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्।

पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको उनी बताउँछन्। शाहीका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो। 

कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे। ‘उपहार र कोसेलीको रूपमा पहिले पनि जापान पुगेको थियो होला तर व्यावसायिक हिसाबले पहिलो पटक हो,’ उनले भने, ‘यसले व्यवसायमा अझै उत्साह थपेको छ।’ 

राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठले यो परिमाणका सामान माग गरेका छन्। जुम्ला घर अग्र्यानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन्। ‘संचार माध्यमबाट हाम्रोबारे थाहा पाएरै जापानबाट अर्डर आएको हो। त्यहाँ नेपाली सिमि प्याकिङ र ब्राण्डिङ गरेर बिक्री भई रहेको छ,’ उनले भने।

शाहीले क्यानडामा पनि २० टन जुम्ली उत्पादन पठाउने तयारी गरेका छन्। १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए। क्यानडास्थित लायम फुड कर्पोरेसनका डा.. पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात हुने तयारी भएको छ। कम्पनीले चौधरी ग्रुपको नेपाली वाइवाइ चाउचाउ र चिया पनि ब्यापार गर्दै आएको छ। 

नेपालबाट क्यानडा पठाइने सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए। ‘अहिले लोगो तयार गर्ने तथा डी–स्टोन (सामान भएको ढुंगा हटाउने) गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अबको १ महिना भित्र क्यानडामा पनि सामान जान्छ।’

जापानका लागि सहजै सामान पठाएका शाहीलाई क्यानडाका लागि सामान पठाउँन भने केही अप्ठ्यारो भएको छ। क्यानडामा नेपालबाटै प्याकिङ गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए। 

‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ। हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ शाही पहिलो पटक सामान निर्यात गरेका अनुभव सुनाउँछन्, ‘तर क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ।’ 

कलेक्सन सेन्टरको समस्या हुँदा सबै किसनको उत्पादन समेट्न र जुम्लाबाट ठूलो परिमाणमा सामान काठमाडौं ल्याएर बेच्न समस्या भएको उनले बताए। ‘प्रत्येक किसानको उत्पादन जम्मा पार्न निकै समस्या पर्छ। जुम्लाबाट सिधैँ काठमाडौं गाडी लाग्दैन। लोड अनलोड गर्दा लागत मूल्य पनि बढी पर्न आउँछ,’ उनले भने।  

गुणस्तरीय सामान पठाउने हो भने अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन व्यापारमा धेरै संभावना भएको उनको बुझाइ छ। जुम्लाघर अर्ग्यानिक्समा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर पाइन्छ। 

विगत २०६० सालमा विज्ञानमा स्नातक सकेपछि सिटिइभिटीमा तीन वर्ष कृषि प्रशिक्षकको रुपमा काम गरेका शाहीले २०७४ सालमा कृषि व्यवसायमा स्नातकोत्तर र विभिन्न अनुभव लिएर व्यवसाय सुरू गरेको हुन्।

प्रतिकृया दिनुहोस्

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...