News Portal

  • विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुने

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    फाल्गुन १६ आईतबार
    रबिन्द्र बराल – प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ को प्रतियोगिता आयोजना हुने भएको छ। एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ।

    शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरीमा अडिसन सञ्चालन गरिने जानकारी दिएका छन्।

    अध्यक्ष मगरले प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समुहका युवा युवतीहरुले सहभागिता जनाउन सक्ने बताएका छन्। उनले प्रतियोगिताबाट मिस एण्ड मिस्टर आइकोनिकको एक/एक जना विजेता, उपविजेता र तेस्रो स्तरको बिजेता बन्ने जानकारी दिए।

    सो प्रतियोगितामा प्रथम हुने मिस्टर र मिस आइकोनिकले नगद, क्राउन, प्रमाणपत्र, एक वर्षको जिम निशुल्क, एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, फोटोसुट, एक वर्षका लागि निशुल्क शिक्षा, दुई दिने भ्रमण र इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएका छन्।

    प्रतियोगितामा दोस्रो हुने मिस एण्ड मिस्टर आइकोनिले क्राउन, प्रमाणपत्र, ६ महिनाको जिम निशुल्क, एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, विभिन्न फोटोसुट, इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् भने, तेस्रो हुने मिस एण्ड मिस्टर आइकोनिकले क्राउन, प्रमाणपत्र, तीन महिनाको जिम निशुल्क, एक वर्षका लागि तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, इन्ट्रो भिडियो, विभिन्न फोटोसुट र गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने अध्यक्ष मगरले बताए।

    सो प्रतियोगितामा सहभागि हुने अन्य प्रतियोगिहरुलाई रनवे ट्रेनिङ, टेवल म्यानर, आधाभूत मेकअप, पब्लिक स्पीकिङ, आरजे/भिजे, व्यक्तित्व विकास, स्किन केयर र मोटिभेसनल तालिमहरुसमेत प्रदान गरिने जनाएका छन्।

    अध्यक्ष मगरका अनुसार एएचपी इन्टरटेन्मेन्टले विगत पाँच वर्षदेखि सौन्दर्य प्रतियोगितामा हुने नराम्रा बिकृत्ति हटाउँदै विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १४ गतेको राशिफल

    आज साउन १४, २०८२ (जुलाई ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको कटाक्ष : ‘संसद बहिष्कार गर्नेहरू लोकतन्त्र विरोधी तरमार हुन्’

    कैलाली, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गर्दै...

    पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

    काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा...

    अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

    काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै...

    गिरीबन्धु टी इस्टेटको जमिन चिया खेतीबाहेक प्रयोग गरे सरकारको स्वामित्वमा जाने : भूमि मन्त्री अधिकारी

    काठमाडौं, साउन १३ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु...