आज : २०२६-०७-०९, बिहीबार

केपी ओलीले देव गुरुङ हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई नेकपा ओली समुहका प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संघीय संसदीय दलको विधान २०७५ को दफा १३ वमोजिम भट्टराईलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेको जनाएको छ। 

शुक्रबार बालुवाटारमा आयोजित प्रदेश १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईले प्रमुख सचेतक बनाएको संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।

‘प्रदेश १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्रीले देव गुरूङलाई धन्यवाद दिँदै प्रमुख सचेतकमा भट्टराईलाई जिम्मेवारी दिनुभएको हो’, नेम्बाङले भने। यसैबीच नवनियुक्त प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्रीले आफूलाई जिम्मेवारी दिएको बताए।