News Portal

‘सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ’ तिलक राई

हिमालीसंचार संवाददाता
३३९ पटक

धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले भने ‘अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका हुन्।’

दुई तिहाइ बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले पार्टी भित्रको झगडाको कारण नाममा देशमा अराजक अवस्था ल्याउने काम गरेको आरोप लगाउँदै उनले कम्युनिस्टहरू लोकतान्त्रिक पद्धतिमा शासन गर्न सक्दैनन् भन्ने साबित भएको बताए ।  सभापति राईले भने ‘कम्युनिष्टहरुले जनताको विश्वास गुमाई सकेकाले मुलुक र संविधानलाई लोकतान्त्रिक पद्धतिबाट अघि बढाउन अब काँग्रेसले सरकारको नेतृत्व लिनु पर्ने बताएका हुन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा भङ्ग गरेकै दिन पुस ५ गते नेपाली काँग्रेसले विघटनको विरोध गर्दै पुनर्स्थापनाको माग गरेको उनले स्मरण गराए । संसद् विघटन गरे लगत्तै प्रधानमन्त्रीले थप असंवैधानिक काम गर्न थालेपछि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले संसद् पूनःस्थापनाका लागि आन्दोलन निर्णय गरेको उनले बताए ।

संसद् पुनर्स्थापनाको माग सहित काँग्रेसले देशव्यापी रूपमा सुरु गरेको आन्दोलनलाई नेपाली जनताले व्यापक रूपमा साथ दिएको उल्लेख गर्दै उनले भने ‘असंवैधानिक कदमको विरोधले जिल्ला, नगरदेखि वडा स्तरसम्म भएको जनताको सहभागिताले कम्युनिस्टप्रति जनताको विश्वास उठेको साबित भएको छ ।’

राईले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सत्तामा आए लगत्तै भनेको कुरा उद्धृत गर्दै उनले भने ‘कम्युनिस्टको सरकारले नेपाली जनतालाई बोल्न, हाँस्न र रुन पनि दिँदैन ।’

कम्युनिस्टको झगडाकै कारण असंवैधानिक रूपमा संसद् विघटन गरिएपछि जनताको बलिदानी सङ्घर्षले ल्याएको संविधान नै खतरामा परेको उनले बताउँदै उनले भने ‘संविधानको रक्षाका लागि सर्वोच्च अदालतले संविधानलाई अक्षरशः पालना गराउन फैसला गरेकाले संविधान क्रियाशील हुने अवस्था आएको छ ।’ यसका लागि सर्वोच्च अदालत, न्ययाधिशहरु तथा बहसमा भाग लिने कानुन व्यवसायीहरू धन्यवादको पात्र भएको उनले उल्लेख गरे । भानुचौक स्थित भानुभक्तको सालिक अघि गरिएको दीप प्रज्वलनमा काँग्रेस पदाधिकारी, भातृ सङ्गठनहरू सहित कार्यकर्ताहरूको सहभागिता थियो ।

काँग्रेस नगर सचिव श्याम पोखरेलले धरान उपमहानगरपालिकाले भानुचौक क्षेत्रमा सार्वजनिक कार्यक्रम नगर्ने नियम बनाए पनि संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसलाको स्वागत गर्न भानुचौकमा गर्न उपयुक्त भएको बताउँदै क्षमा याचना गरे । उनले भने ‘अब उपरान्तका कार्यक्रमहरू नेपाली काँग्रेसले भानुचौकमा आयोजना नगर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...