News Portal

  • सर्वोच्चमा बोलाएर प्रधानन्यायाधीशले सेनाका टहरा हटाउन प्रधानसेनापतिलाई आग्रह

    हिमालीसंचार संवाददाता
    ३२४ पटक

    काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापति पूर्णचन्द्र थापालाई निर्देशन दिएका छन्।

    मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको नयाँ बन्ने भवनका लागि हाल सेनाले प्रयोग गर्दै आएको जग्गा खाली गरेर सहयोग गर्नका लागि प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गरेका हुन्। 

    प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भएको बैठकमा मुख्य रजिष्ट्रार कुवँर र अरू रजिष्टारको उपस्थिति थियो। अहिलेको सर्वोच्च अदालत रहेको भवन पछाडि सर्वोच्चले नेपाली सेनाको क्यावलरी ब्यारेकभित्रको जग्गामा नयाँ भवन बनाउन टेन्डर आह्वान भसकेको छ। यो जग्गामा सेनाको भवन थियो।

    नेपाली सेनाका प्रवक्त सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति जग्गाको विषयमा कुरा गर्न सर्वोच्च अदालत गएको पुष्टि गरे। हाम्रो क्यावलरी ब्यारेक भएको जग्गामध्ये ९ रोपनी क्षेत्रमा सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ त्यसैबारे समन्वय गर्न प्रधानसेनापतिज्यू प्रधानन्याधीशलाई भेट्न जानु भएको हो । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...

    सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

    काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका...