News Portal

  • लक्ष्मेश्वरले आफ्नै भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती मागेपछि…

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    जनकपुर – धनुषामा आफ्नै भाञ्जाको अपहरण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको हो।

    महोत्तरीको पिपरा गाउँपालिका-७ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन्। चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ।

    शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए। कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए।

    घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो।

    ‘आफ्नै भाञ्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए, तर उनको योजना सफल भएन,’ एसपी रानाभाटले भन्नुभयो। उनले केही रकम भएपनि पाउने हिसाबले बच्चाको अपहरण गरेको देखिएको प्रहरीको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...