News Portal

  • राष्ट्रपतिले गरिन् जसले व्यङ्ग्य गरेका थिए, उसैलाई प्रदेश प्रमुखमा नियुक्त

    हिमालीसंचार संवाददाता
    ३४० पटक

    काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज)ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

    त्यसअघि राष्ट्रपति भण्डारीले तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन्। प्रदेश प्रमुखमा नियुक्त राजेश झा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक देखिएका थिए।

    सामाजिक सञ्जालमा सक्रिय रहने उनी प्रधानमन्त्री ओलीलाई समर्थन हुने गरी शब्द खर्चिदैं आएका थिए। खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई भागमा बाँडिएपछि राजेशले प्रचण्ड–माधव पक्षको चर्को आलोचना गर्दै आएका थिए।

    उनले फेसबुक र ट्वीटरमा नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कडा आलोचनामा आफ्ना शब्द खर्चिँदै आएका थिए।

    जसलाई व्यङ्ग्य गरे उसैबाट नियुक्ति !

    त्यसो त उनी गत जेठसम्म वर्तमान सरकारको पक्षमा देखिएका थिएनन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गर्न बाँकी राखेका थिएनन् । गत जेठ २ गते उनले ट्वीटरमा दुई वटा फोटो राख्दै लेखे– एकै दिन निस्केका दुई सवारी। आम नेपालीले के बुझ्छ होला ?

    यस्तो क्याप्सनमूनि उनले राखेका दुई फोटोमध्ये एउटामा राष्ट्रपति विद्यादेवी भण्डारीको तामझामसहितको सवारी देखिन्छ भने, अर्को तस्वीरमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह सादगीपूर्ण रुपमा मोटरमा सवार छन् र पूर्वराजा आफैले मोटर चलाएका छन्। आफूमाथि व्यङ्ग्य गरेका राजेशलाई नै शुक्रबार राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

    पत्रकारिता पृष्ठभूमि रहेका भए पनि सामाजिक सञ्जालमा राजेशका शब्दहरु आक्रोसपूर्ण र असंयमित पाइन्छ। उनले फेसबुकमा लेखेको एउटा स्टाटसमा भनिएको छ– भ्रष्टाचारी, ज्यानमारा, देशद्रोही र जनता मारा नेताहरुलाई जुत्ताको माला लगाएर पिट्दै लखेट्दै फेरि पिट्दै कुदाउने दिन कहिले आउला ?

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको नेकपाको प्रचण्ड–माधव पक्षलाई उनले सामाजिक सञ्जालमा बारम्बार निशाना बनाएका थिए।

    यसै क्रममा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित सडकमा बसेका प्रचण्ड र माधव नेपाल अग्रभागमा देखिएको एउटा तस्वीर पोस्ट गर्दै फेसबुकमा लेखेका थिए, ‘यो बसाइ पुनः पद प्राप्तिका लागि हो। यसअघि कुनकुन समस्या समाधान गर्न कहिले कहिले यसरी भुइँमा बसियो… ?’

    प्रदेश २ को प्रदेश प्रमुख भएका राजेशले यसअघि मधेसवादी नेताहरुलाई पनि सामाजिक सञ्जालमा आलोचनाको सिकार बनाएका थिए। उल्लेखनीय छ, उनी प्रदेश प्रमुख भएकै प्रदेशमा जनता समाजवादी पार्टी नेपाल सरकारमा छ। सो पार्टीका प्रमुख नेताहरुलाई राजेशले बारम्बार सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए।

    एउटा स्टाटसमा उनले लेखेका छन्, ‘मधेसी नेताको ५ विशेषता:

    १) केन्द्रीय अध्यक्ष वा दाताको पूर्ण गुलामी गर्ने र मधेसमा पुग्दा क्रान्तिको कुरा गर्ने।

    २) समावेशिता, रङ्गभेद, अधिकारको कुरा मन्त्री हुन्जेल चुँ नबोल्ने, पाएको अवसर पनि परिवारलाई दिने वा बेच्ने।

    ३) पार्टी र ठुला नेतालाई म भए अरु मधेसी तपाईलाई चाहिन्न भन्दै बाँकी सबैलाई कुचो लगाउँदै बस्ने, नकारात्मक सन्देश दिँदै दुरी बनाइ आफ्नो स्वार्थ सिद्ध गर्ने र बाँकी मधेसीलाई भेट्दा नेतृत्व नै मधेसविरोधी रहेको सन्देश दिने।

    ४) आफ्नो राजनीति जोगाउन सरकार/नेतृत्वलाई मधेसको पक्षमा काम गर्न नदिने, सुझाव नदिने, मधेसीहरु असक्षम हुन्छन् भन्दै बस्ने र बाहिर हरेक दल/नेतालाई मधेस विरोधी साबित गर्दै राजनीति गर्ने।

    ५) पद पाउँदा, मन्त्री हुँदा मुद्दा सम्बोधन नगर्ने, बाहिरिँदा सरकारलाई मात्र दोष दिने । कर्मचारी पहाडी भएकाले मधेसीका लागि काम गर्न नसकेको भन्दै भ्रम र उत्तेजनाको राजनीति गर्ने।’

    उल्लेखनीय छ, प्रधानमन्त्री ओलीलाई पनि तराई मधेसमा आफ्नो राजनीतिक प्रभाव बढाउनका लागि यस्तै सोच भएको मधेसी मुलकै एक सारथी चाहिएको थियो, जो राजेश झाका रुपमा उनले प्राप्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...