News Portal

राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लाग्यो : पूर्वराष्ट्रपति डा. यादव

हिमालीसंचार संवाददाता
३७९ पटक

धनुषा – पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन्। बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरे’, डा.यादवले भने,‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो।’

संविधान रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नुपर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवको भनाइ थियो। जनकपुरमा शुक्रबार ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताए।

डा.यादवले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाए। प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ’, उनले भने।

विपक्षी र विज्ञसँग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नुपर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाए। मुलुक र लोकतन्त्रमाथि आएको संकटले राति निन्द्रा लाग्न छोडेको उल्लेख गर्दै डा.यादवले मुलुकलाई आईसीयूबाट जेनरल वार्डमा सहकार्य र समन्वय गर्नुपर्ने बताए।

पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपलब्धिलाई समाप्त गरी चुनावको मिति तोकेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...