News Portal

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड दर्ता प्रकृयाको प्रारम्भ

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका छन् । यो कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उहाँको भनाई थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उहाँले बताउनुभयो ।

कुनैपनि देशको समृद्धिका लागि सामुहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उहाँको भनाई थियो । उहाँले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रह समेत गर्नुभयो । नेपालमै पहिलो पटक यस्तो ठूलो धन राशीको लगानी हुन लागेको भन्दै उहाँले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताउनुभयो । 

यस्तै, कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो । नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने बताउनुभयो । नेपालमा यति ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्न सक्ने उहाँको भनाई थियो ।

यस्तै, अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताउनुभयो ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उहाँले बताउनुभयो । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताउनुभयो । 

यस अभियानको ८५ प्रतिशत लागनीमा  संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतिक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उहाँले  दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जानकारी गराउनुभयो । उहाँले ठूला मात्रै नभई साना लगानीकर्ताले पनि आफ्नो सानो  पूँजी लगानी गर्न सकने वातावरण बनेको भन्दै यस  ऐतिहासिक सफलताले संसारभरका नेपाली उत्साहित भएको बताउनुभयो ।

हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए स्र्पोस् एकेडेमीका उप संयोजक धर्मराज गिरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्द प्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदिप न्यौपाने तथा  महासचिव यम बहादुर क्षेत्री,  तान्जानियाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनल मट्राई, कानूनी परार्मशदाताका प्रतिनिधि र  संघका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...