News Portal

कुवेत पत्रकार महासंघद्वारा आपतकालीन अक्षयकोषका लागि आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२८० पटक

कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि रु. १,११,१११/- ( एक लाख एघार हजार एक सय एघार ) हस्तान्तरण गरेको हो।

गत ८ फेब्रुअरी २०२१ नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्किलाई हस्तान्तरण गरेका थिए। उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्व अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती रहेको थियो।

नेपाल पत्रकार महासंघले स्थापना गर्न लागेको यो पत्रकार आलतकालीन अक्षयकोषबाट आर्थिक रुपमा समस्यामा परि उपचार गर्न नसकेका लगाएत आपतकालीन रुपमा पर्ने गरेका पत्रकार वा उनिहरुको परिवारलाई सहयोग गर्ने उदेश्य रहेको छ। केन्द्रको यो पत्रकार आपतकालीन कोषका लागि महसंघ यूकेले २० लाख नेपाली रुपैया सहयोग गरि सकेको छ भने अन्य वैदेशिक शाखा तथा नेपालका विभिन्न जिल्ला शाखाहरुबाट सहयोग आउने क्रम जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...