News Portal

कुवेत पत्रकार महासंघद्वारा आपतकालीन अक्षयकोषका लागि आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२६७ पटक

कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि रु. १,११,१११/- ( एक लाख एघार हजार एक सय एघार ) हस्तान्तरण गरेको हो।

गत ८ फेब्रुअरी २०२१ नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले उक्त रकम केन्द्रका लेखापाल भुबन कार्किलाई हस्तान्तरण गरेका थिए। उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्व अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती रहेको थियो।

नेपाल पत्रकार महासंघले स्थापना गर्न लागेको यो पत्रकार आलतकालीन अक्षयकोषबाट आर्थिक रुपमा समस्यामा परि उपचार गर्न नसकेका लगाएत आपतकालीन रुपमा पर्ने गरेका पत्रकार वा उनिहरुको परिवारलाई सहयोग गर्ने उदेश्य रहेको छ। केन्द्रको यो पत्रकार आपतकालीन कोषका लागि महसंघ यूकेले २० लाख नेपाली रुपैया सहयोग गरि सकेको छ भने अन्य वैदेशिक शाखा तथा नेपालका विभिन्न जिल्ला शाखाहरुबाट सहयोग आउने क्रम जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...