News Portal

नेपालमा प्रजातन्त्र दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग – राप्रपा

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौँ – राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालमा प्रजातन्त्रको जग दह्रो हुन नसक्ने दाबी गरेका छन्। मंगलबार राप्रपा काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताएका हुन्।

उनले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए। कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उनले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्दाले प्राथमिकता पाउने बताएका थिए।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनका निम्ति कम्युनिष्टलाई जनादेश दिइएको भए पनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए। पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफूहरुलाई मौका आएको पनि उनको भनाइ थियो।

त्यसैगरी, अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता दोहोर्‍याए। विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौं कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए। अध्यक्ष थापाले असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्था केही वर्ष भित्रमै पुनर्स्थापना गराउने दाबी पनि गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाशचन्द्र लोहनीले जनताको सहानुभूति आफ्नो पार्टीसँग रहेको दाबी गरे। जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफूहरु सक्षम भए जनताले साथ दिने बताए।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...