News Portal

  • प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: ५ ठाउँबाट जुलुस निकाल्ने, कमाण्डर तोकियो

    हिमालीसंचार संवाददाता
    ३८९ पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् ।

    पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन्। त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन् । यो टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु समेत रहनेछन् ।

    माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन् । 

    नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्नेछन् ।  जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

    मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ । सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...

    सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

    काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका...