News Portal

कम्युनिस्ट युवाहरू कांग्रेसको कार्यालय खोज्दै सदरमुकाममा, हरि विष्टद्वारा स्वागत

हिमालीसंचार संवाददाता
३२० पटक

सुर्खेत – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनतालाई धोका दिएपछि कम्युनिस्ट कार्यकर्ताहरू नै नेपाली कांग्रेसको पार्टी कार्यालय खोज्न थालेका छन्। सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका–७ का कम्युनिस्ट युवाहरू सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका छन्।

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले नेकपाका युवाहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन्। पार्टी प्रवेश गर्नेमा समरबहादुर घर्ती, रेशम बृकट्टा, रूपलाल तिवारी, ललित सारू, खड्कबहादुर थापा, हर्कबहादुर बराईलीलगायतका युवाहरु रहेका छन्।

नेकपाको नाटक र नौटंकी देखेर आजित भएपछि कांग्रेसमा प्रवेश गरेको समरबहादुर घर्तीले बताए। तरुण दल अध्यक्ष हरि विष्टको समाजसेवाबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गर्ने प्रेरणा मिलेको समेत उनले बताए।

कोरोना भाइरस संक्रमणको महामारीसँगै सुर्खेतमा समस्या परेका गरीब, असहाय व्यक्तिहरूलाई अध्यक्ष विष्टले निरन्तर सहयोग गर्दै आएका थिए। विष्टको समाजसेवाबाट युवाहरू प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...