News Portal

प्रचण्ड–माधव समूहका गिरी दोब्बर बढी मतले विजयी

हिमालीसंचार संवाददाता
५१२ पटक

दाङ – दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ। राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो।

निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड–माधव समूहका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गरेका थिए भने, ओली समूह र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत पाएका थिए।

यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन्।

ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन संयोजक शर्माले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...