News Portal

पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

हिमालीसंचार संवाददाता
३७१ पटक

पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि उच्च भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

जिल्लाको जलजला गााउँपालिकाको हम्पालको लेक, लेखफाँट, शालिजा, वाँसखर्क, मोदी गाउँपालिकाको क्याङ भुकताङले, मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा पर्ने पञ्चासे तथा फलेबास नगरपालिकामा पर्ने डहरे र चिसापानीको लेकहरुमा १ फिट बाक्लो हिउँ परेको छ।

हम्पालमा बाक्लो हिउँ जमेको छ भने लेकफाँटको तल गाउँ सम्म नै हिउँ परेको जलजला ५ लेकफाँटका कृष्ण पौडेलले जानकारी दिनुभयो। बिहान ३ बजेपछि हिमपात भएको पौडेलले बताउनुभयो।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाईसमेत समस्या भएको छ। हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पुर्याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन्।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा बर्षा र हिमपात हुँदा उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ। यद्यपी, चिसोले जनजीवन भने प्रभावित भएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...