News Portal

मोरङको रतुवामाईमा १३ बर्षदेखि बिधुतबाट बञ्चित स्थानीय सरकार अझै मौन (भिडियो सहित)

मोबाइल चार्ज गर्न समेत भारत जानु पर्ने बाध्यता

हिमालीसंचार संवाददाता
४९६ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी गाउँमा करिब १ सय घर परिवार बिगत १३ बर्षदेखि विधुत नहुदा अध्यारो अन्धकारमा बस्नु परेको छ ।  

पुर्वमा दमुनाको सानो खोला पश्चिमा रतुवा खोला, उत्तरमा पनी रतुवा खोला समतल भाग र दक्षिणमा भारतीय सिमानाको बिच भागमा पर्ने श्रीलंकाको टापु भनेर प्रचलित गाउँमा १३ बर्षदेखि विधुत छैन। सोही टापुमा विधुत नभएपछि आफ्नो जेथा शक्तिले साना साना सोलर प्यानल जोडेर बस्न बाध्य छन । 

विगत १३ बर्षदेखि रातको समयमा स्थानीयहरु अध्यारोमा बसिरहेका छन । बर्षमा रतुवा खोलामा बर्षेनी बाढीका कारण बिधुतको पोल खोलाले बगाउने भएको कारण स्थानीयहरुले विधुत उपयोग गर्ने पाएका छैनन् । नेपाल सरकारले बिधुत पुर्याउन नसकेपछि सो गाउँ मा बर्षादेखि सोलर प्यानलको भरमा रात काट्न  वाध्य रहेका छन । 

पछिल्लो समयमा सबैको घरमा हातहातमा मोबाइल, टिभी र रेडियो भएता पनि यो गाउँमा भने कुनै सूचनाको साधन भने छैन । सबैको हातमा अहिले मोबाईल भएता पनि  गाउँका युवा, महिला तथा बृद्घहरु मोबाइलमा चार्ज गर्नका लागि नजिकका छिमेकी देश भारत तर्फ गएर मोबाइल चार्ज गर्ने बाध्य रहेको स्थानीय नागेश्वर प्रसाद सिंहले बताए । यो गाउँमा सोलार जडान गरेता जाडोको समयमा सोलारमा चार्ज नहुदा घरमा मट्टीतेलको सहारामा कुपी र लाल्टिनको सहयोगमा बालबालिका धरमा अध्ययन गर्दछन्।  

साना बालबालिकाहरुलाई पठन-पाठनको लागि समेत निकै समस्या परेको स्थानीयको गुनासो रहेको छ। यो गाउँबाट ३  किलोमिटर बरपर साँझ परेपछि झलमल उज्यालो देखिन्छ तर आफ्नो गाउँमा अन्धारौ हुने गरेको र आकाशको फल आँखा तरि मर भनेजस्तो भईरहेको स्थानीय नर बहादुर सिहले बताए । यो गाउँमा अहिले पनि ४० वटा  विधुतको मिटर रहेको उनीहरुले बिधुत उपयोग गर्ने नपाए पनि १३ बर्षदेखि भने  विधुत महसुल भने तिरिरहेको स्थानीय गुरुदेव सिह गनगाईले बताए ।

गाउँमा बिधुत नहुदा धान कुटाउने मिल समेत बिग्रिएर सबै खिया समेत लागेको र धान, गहुँ पिसाउन भारत जानुपर्ने र भारतीय सुरक्षाकर्मीहरुले दुख दिने गरेको स्थानीय दुर्गा कुमारी सिंहले बताईन । यो गाउँमा बसोबास गर्ने अधिकांश मानिसहरु कृषि पेसा गरेता पनि खेत भने बलौटो माटो भएका कारण खेती गर्नेलाई सिचाइको लागि बिधुत नहुदा थप समस्यामा परेको स्थानीयले बताउछन् । 

स्थानीय सरकार भए पनि ३ बर्ष बितिसक्दा समेत यो गाउँमा भने बिधुतको समस्या भने ज्युको त्यु नै रहिरहेको छ । बिगत १५ बर्षदेखि क्षेत्रबाट साभासद बनेका नेपाली कांग्रेसका स्वार्गय गिरिजाप्रसाद कोइराला, आमोद प्रसाद उपाध्य, नेकपा एमालेका ऋिषिकेश पोखरेल र  डाक्टर मेनेन्द्र रिजालले यो क्षेत्रमा बिजय हाँसिल गर्दा समेत यो गाउँमा बिधुत भने पुर्याउन सकेका छैन।

बिगत ३ बर्ष अगाडी स्थानीय निकायको चुनावबाट समेत नेपाली कांग्रेसबाट बिजय भएका मेयर रबिन राई समेत हाल सम्म पनि यो गाउँमा बिधुत पुग्न सकेको छैन । बर्षौदेखि चुनावको समयमा भोटदिएर जिताउनु होस तपाईहरुलाई आवत बाजतको लागि झुलुङ्गे पुल, स्वास्थ्यका लागि हेल्पोष्ट, शिक्षाका लागि बिधालय र बिधुत घरघरमा पुर्याउने बाचा गरेता पनी उनीहरुले भने अहिलेसम्म कुनै पनि काम पूरा नगरेको स्थानीय नागेश्वर प्रसाद सिंहले बताए ।  

यो गाउँमा रातको समयमा कसैलाई बिरामी परे वा सर्पले टोक्यो वा कुनै गर्भवती महिलालाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकी सम्म पुगाउनु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनीहरुले भारतीय भुमि हुदै झापाको गौरीगञ्ज, दमक वा मोरङको र रंगेलीसम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय गुरुदेव सिंहले बताए ।

नेपाल बिधुत प्राधिकरण रंगेलीका प्रमुख अबधेश कुमार गुप्ताका अनुसार नगरपालिकाले जति चाड खोला भित्र १० वटा होमपाईप सिमेन्टले जाम गरिदिए आफुले पोल, तार दिएर १५ दिन भित्र  सी गाउँमा २५ केवीको ट्रान्सर्फमर र बिधुत पुर्याई प्रतिवध्यता जनाएका छन । नगरपालिका र वडाअध्यक्ष बुलन्द सिंहले भने एक महिना भित्र यो गाउँमा बिधुत पुर्याउने समेत बताएका छन ।

भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...