News Portal

  • मोरङको रतुवामाईमा १३ बर्षदेखि बिधुतबाट बञ्चित स्थानीय सरकार अझै मौन (भिडियो सहित)

    मोबाइल चार्ज गर्न समेत भारत जानु पर्ने बाध्यता

    हिमालीसंचार संवाददाता
    ३९५ पटक

    रबिन्द्र बराल/मोरङ– मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी गाउँमा करिब १ सय घर परिवार बिगत १३ बर्षदेखि विधुत नहुदा अध्यारो अन्धकारमा बस्नु परेको छ ।  

    पुर्वमा दमुनाको सानो खोला पश्चिमा रतुवा खोला, उत्तरमा पनी रतुवा खोला समतल भाग र दक्षिणमा भारतीय सिमानाको बिच भागमा पर्ने श्रीलंकाको टापु भनेर प्रचलित गाउँमा १३ बर्षदेखि विधुत छैन। सोही टापुमा विधुत नभएपछि आफ्नो जेथा शक्तिले साना साना सोलर प्यानल जोडेर बस्न बाध्य छन । 

    विगत १३ बर्षदेखि रातको समयमा स्थानीयहरु अध्यारोमा बसिरहेका छन । बर्षमा रतुवा खोलामा बर्षेनी बाढीका कारण बिधुतको पोल खोलाले बगाउने भएको कारण स्थानीयहरुले विधुत उपयोग गर्ने पाएका छैनन् । नेपाल सरकारले बिधुत पुर्याउन नसकेपछि सो गाउँ मा बर्षादेखि सोलर प्यानलको भरमा रात काट्न  वाध्य रहेका छन । 

    पछिल्लो समयमा सबैको घरमा हातहातमा मोबाइल, टिभी र रेडियो भएता पनि यो गाउँमा भने कुनै सूचनाको साधन भने छैन । सबैको हातमा अहिले मोबाईल भएता पनि  गाउँका युवा, महिला तथा बृद्घहरु मोबाइलमा चार्ज गर्नका लागि नजिकका छिमेकी देश भारत तर्फ गएर मोबाइल चार्ज गर्ने बाध्य रहेको स्थानीय नागेश्वर प्रसाद सिंहले बताए । यो गाउँमा सोलार जडान गरेता जाडोको समयमा सोलारमा चार्ज नहुदा घरमा मट्टीतेलको सहारामा कुपी र लाल्टिनको सहयोगमा बालबालिका धरमा अध्ययन गर्दछन्।  

    साना बालबालिकाहरुलाई पठन-पाठनको लागि समेत निकै समस्या परेको स्थानीयको गुनासो रहेको छ। यो गाउँबाट ३  किलोमिटर बरपर साँझ परेपछि झलमल उज्यालो देखिन्छ तर आफ्नो गाउँमा अन्धारौ हुने गरेको र आकाशको फल आँखा तरि मर भनेजस्तो भईरहेको स्थानीय नर बहादुर सिहले बताए । यो गाउँमा अहिले पनि ४० वटा  विधुतको मिटर रहेको उनीहरुले बिधुत उपयोग गर्ने नपाए पनि १३ बर्षदेखि भने  विधुत महसुल भने तिरिरहेको स्थानीय गुरुदेव सिह गनगाईले बताए ।

    गाउँमा बिधुत नहुदा धान कुटाउने मिल समेत बिग्रिएर सबै खिया समेत लागेको र धान, गहुँ पिसाउन भारत जानुपर्ने र भारतीय सुरक्षाकर्मीहरुले दुख दिने गरेको स्थानीय दुर्गा कुमारी सिंहले बताईन । यो गाउँमा बसोबास गर्ने अधिकांश मानिसहरु कृषि पेसा गरेता पनि खेत भने बलौटो माटो भएका कारण खेती गर्नेलाई सिचाइको लागि बिधुत नहुदा थप समस्यामा परेको स्थानीयले बताउछन् । 

    स्थानीय सरकार भए पनि ३ बर्ष बितिसक्दा समेत यो गाउँमा भने बिधुतको समस्या भने ज्युको त्यु नै रहिरहेको छ । बिगत १५ बर्षदेखि क्षेत्रबाट साभासद बनेका नेपाली कांग्रेसका स्वार्गय गिरिजाप्रसाद कोइराला, आमोद प्रसाद उपाध्य, नेकपा एमालेका ऋिषिकेश पोखरेल र  डाक्टर मेनेन्द्र रिजालले यो क्षेत्रमा बिजय हाँसिल गर्दा समेत यो गाउँमा बिधुत भने पुर्याउन सकेका छैन।

    बिगत ३ बर्ष अगाडी स्थानीय निकायको चुनावबाट समेत नेपाली कांग्रेसबाट बिजय भएका मेयर रबिन राई समेत हाल सम्म पनि यो गाउँमा बिधुत पुग्न सकेको छैन । बर्षौदेखि चुनावको समयमा भोटदिएर जिताउनु होस तपाईहरुलाई आवत बाजतको लागि झुलुङ्गे पुल, स्वास्थ्यका लागि हेल्पोष्ट, शिक्षाका लागि बिधालय र बिधुत घरघरमा पुर्याउने बाचा गरेता पनी उनीहरुले भने अहिलेसम्म कुनै पनि काम पूरा नगरेको स्थानीय नागेश्वर प्रसाद सिंहले बताए ।  

    यो गाउँमा रातको समयमा कसैलाई बिरामी परे वा सर्पले टोक्यो वा कुनै गर्भवती महिलालाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकी सम्म पुगाउनु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनीहरुले भारतीय भुमि हुदै झापाको गौरीगञ्ज, दमक वा मोरङको र रंगेलीसम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय गुरुदेव सिंहले बताए ।

    नेपाल बिधुत प्राधिकरण रंगेलीका प्रमुख अबधेश कुमार गुप्ताका अनुसार नगरपालिकाले जति चाड खोला भित्र १० वटा होमपाईप सिमेन्टले जाम गरिदिए आफुले पोल, तार दिएर १५ दिन भित्र  सी गाउँमा २५ केवीको ट्रान्सर्फमर र बिधुत पुर्याई प्रतिवध्यता जनाएका छन । नगरपालिका र वडाअध्यक्ष बुलन्द सिंहले भने एक महिना भित्र यो गाउँमा बिधुत पुर्याउने समेत बताएका छन ।

    भिडियो यहाँ हेर्नुस्

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...