News Portal

म्यानमारको सैन्य ‘कु’ विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाडौं – म्यानमारमा भएको सैनिक ‘कु’ विरुद्ध विरोध गर्दै काठमाडौ माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनका अगुवाहरुले सोमबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

माइतीघरमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागीहरुले ‘कु’फिर्ता लिन म्यानमारको सेनालाई चेतावनी दिए। प्लेकार्डमा ‘म्यानमारमा नागरिक सर्वोच्चता कायम गर’,‘हामी म्यानमारका जनताको साथमा छौं’,‘सैन्य कु मुर्दावाद’ जस्ता विभिन्न नारा लेखिएका थिए।

म्यानमारमा सेनाले सोमबार बिहान सत्ता कब्जा गरेको हो। सोमबार बिहानै सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। संकटकाल घोषणासँगै शहरमा सडकमा सेना परिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार बिहानैदेखि शीर्ष नेताहरूलाई नजरबन्दमा राख्ने तथा नियन्त्रणमा लिने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...