News Portal

मकाउमा आर्य-क्षेत्री समाज गठन

हिमाली संचार संवाददाता
२७६१ पटक

कर्ण अधिकारी/मकाउ – चीनको स्वशाशीत क्षेत्र मकाउमा बुधबार बसेको भेलाले बिदेशी भूमि मकाउमा कार्यरत रहेका आर्य-क्षेत्रीहरूलाई संगठित गर्न,मकाउमा रहेका बिभिन्न जातीय,राजनिति एवं सामाजिक संघ संस्थाहरूसंग सहकार्य गर्दै मकाउमा कार्यरत रहेका नेपालीहरू र नेपालमा रहनु भएका दुखी पीडितहरूको सुख दु:खमा साथ दिनका लागि निरञ्जन खड्काको अध्यक्षतामा ११ सदसीय आर्य-क्षेत्री समाजको तदर्थ समिति गठन भएको छ।

उक्त तदर्थ समितिमा अध्यक्ष निरञ्जन खड्का,उपाध्यक्ष द्वय तारा बहादुर महत र शेखर बुढाथोकी,महासचिव राजन खत्री,कोषाध्यक्ष पदम सिंह पन्त,सदस्यहरू तुलसि पौडेल,मोहन पन्त,अचुत बडाल,भैरव चन्द,शेर बहादुर कोइराला र घन श्याम ओली रहेका छन्।

बिगतमा मकाउमा जन जातीहरूको नाममा संस्था स्थापना भए पनि हाल आएर आर्य-क्षेत्रीहरूले पनि समाज स्थापना गर्न सफल भएको छ।मकाउका आर्य-क्षेत्रीहरूले आउँदा दिनहरूमा आफ्नो संगठनलाई सामाजिक रूपमा दर्ज गराउनका लागि गहन भूमिका खेल्ने छ।

आजको उक्त भेलामा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद एशिया प्यासेफिक आर्थिक स्थायित्व समितिका सह-संयोजक अम्बिर जोशी,गैर आबासीय नेपाली संघ आईसीसी सदस्य एवं गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका पूर्व अध्यक्ष मुकेश कुमार बरूवाल,नेपाली समाज मकाउका बरीष्ठ सल्लाहकार राजकपुर थपलिया,पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त साथै केही आर्य-क्षेत्री नेपालीहरूको उपस्थिति रहेको थियो।

उक्त तदर्थ समितिले नै ६ महिना भित्र अधिवेशन गराएर समाजलाई बैधानिकता दिनेछ। तदर्थ समितिको आउँदो सेप्टेम्बर २६ तारीकको पहिलो बैठकले निर्देशक कमिटी सल्लाहकार कमिटी गठन गर्नेछ। आर्य-क्षेत्री समाज गठन भएसंगै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारीले सामाजिक संजाल फेसबुकबाट शुभकामना दिएका छन्।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...