News Portal

प्रचण्ड-नेपाल समूह आजको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई कारबाही गर्ने लगायतका एजेण्डा

हिमालीसंचार संवाददाता
४१९ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक आज सोमवार बोलाएको छ। माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

केन्द्रीय सदस्यलाई बैठकबारे जानकारी गराउन पठाइएको सूचनामा भने पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। ‘पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। अरू एजेण्डाबारे कुनै जानकारी गराइएको छैन,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी बैठकको निर्णय अनुमोदनका लागि पेश हुन्छन्। त्यो मध्ये केपी ओलीलाई कारबाही गर्ने निर्णय पनि एक हो।’

केन्द्रीय कमिटीको बैठक आज सोमबार ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो। आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णय समेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरुसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...