News Portal

सुनवर्सी रतुवामाई पोखरी पिक्निक खानेहरुको रोजाईमा

सुन्दर पोखरी र मनमोहक प्राकृतिक दृश्यले हरेक पर्यटक मोहित हुन्छन्

हिमालीसंचार संवाददाता
५९२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई-५ स्थित पर्ने सुनवर्सी पोखरी अहिले विराटनगर तथा अन्य क्षेत्रबाट धेरैको पिक्निक खानेहरुको रोजाईमा परेको छ। यस क्षेत्र आन्तरिक पर्यटन प्रवन्धका लागि निकै आकर्षकको स्थानको रुपमा स्थापित हुदै गएको छ।

सुन्दर र आकर्षण  देखिने उक्त पोखरीमा पछिल्लो समयमा सो पोखरीको डिलमा रमरणिय दृश्य तथा पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या दिन प्रतिदिन बढन थालेको छ। कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ। झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गकै कुनै टुक्रा हो। त्यहाँ उपसना गर्नेहरु यही भावले सुनवर्षीको ऐतिहासिकतालाई थप महत्व दिँदै आईरहेको छ।

अहिले सो ठाउँमा पिक्निक खान आउने सर्वसाधारणहरु पोखरीमा रहेको ढुंगामा चढेर दृष्य अबलोकन गर्नेको संख्या समेत बडिरहेको छ। रतुवामाई समाजले पनि केही दिन आगाडी उक्त पोखरीको डिलमा पिक्निकको आयोजना समेत गरेको थियो। विराटनगरदेखि पिक्निक खान आएका समाजसेवी बलवहादुर बस्नेतले भने रमणीय दृश्यले आफुलाई लोभ्याएको समेत बताए।

पिक्निक खाने क्रममा उक्त पोखरीको डिलमा पिक्निक खान आउने सर्वसाधारणहरुलाई पानीको अभाव नहोस भनेर स्वर्गीय जसुमाया बस्नेत र कर्ममाता स्वर्गीय मनमाया खत्रीका नाममा दुईवटा टुवेल (कल) समेत हस्तान्तरण गरेका छन।

उक्त पोखरीमा अवलोकन गर्ने आउने सर्वसाधारणहरुलाई रमाइलो दृश्य तथा पोखरीबाट रमणीय दृश्य अवलोकन गर्नेका लागि बोटिंग र बालबालिकाहरुका लागि विभिन्न खेलका सामाग्री अत्यन्तै आवस्यक रहेको पिक्निक खेल्न आएका राजेन्द्र कटुवालले बताए।

यस क्षेत्रमा ३ विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ। जसमा २ विघामा पोखरी रहेको छ। प्रत्येक वर्ष  बैशाख १ गते  विशेष पुजा आजा हुदै आएको छ। सुनवर्षी धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो। यसलाई पर्यटकीय क्षेत्र बनाउन हामीले दीर्घकालीन योजनासमेत अघि सारेको पोखरीलाई अझ धेरै व्यवस्थित गरिएको र यसलाई पर्यटकीय रुपमा विकास गरिने समितिका अध्यक्ष कुमार बुढाथोकीले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...