News Portal

उपराष्ट्रपति पुन चीनको राजधानी छेन्दुमा, यान वि पिङले गरे स्वागत

हिमाली संचार संवाददाता
६०७ पटक

चीन  – चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए ।

उपराष्ट्रपति पुनसँग आज साँझ चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यसलगत्तै उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारकातर्फबाट आयोजित रात्रि भोजमा सहभागी हुनेछन् ।

उनले बिहीबार छेन्दुमा ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड’सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...