News Portal

मोरङको रंगेलीमा धमाधम धान रोपाई, माघको जाडोमा कृषकहरु खेतमा व्यस्त

हिमालीसंचार संवाददाता
३२८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा माघ महिनामा जाडो मौसम र चिसो समयमा धमाधम धान रोपाई भई रहेको छ भन्ने  कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ। माघको जाडोमा पनी मोरङको रंगेलीमा धमाधम धान रोपाई भई रहेको छ।

मोरङको रंगेली नगरपालिका-६, स्थित मधुवनि चोक र ननकार टोल र सुनवर्सि-५ स्थित झिङ्गी टोलमा बर्षौदेखि माघ महिनामा घान रोपाई हुने गरेको छ । रंगेली क्षेत्रमा रहेको ३० औ बिधा खेतमा अहिले अतिबिपन्न परिवार महिलाहरु आफ्नो घर खर्च जोह गर्नका लागि माघको कठ्याङ्गिदो समयमा मौसमको प्रभाव नै नगरी उनीहरुको जाडो धान रोप्दै आएका छन् ।   

महिला मजदुरहरु बिहानैदेखि बीउ उखेल्न र हिलाम्मे खेतमा धमाधम धान रोपिरहेका छन् ।  यस क्षेत्रका महिलाहरुले एक बिधा खेत रोपे बापत १० हजार रुपैयाँमा ठेक्का लिने गरेका छन।अतिविपन्न घरपरिवारका महिला सदस्यहरुको सहयोगमा उनीहरुले घान रोप्ने गरेका छन । 

उनिहरुले  एक बिधा घान रोप्न ५ देखि ७ जनालाई ५ दिन देखि ७ दिन सम्म लाग्ने गरेको र उनिहरुले एक जना बराबर दैनिकी ३ सय रुपैयाँ भागमा पर्ने गरेको मानौ मुखियाले बताईन ।  उनका अनुसार “के गरौ काम गरेन भने दुई छाक टार्ने समस्या पर्ने गरेको र घरमा समेत ६ जनाको परिवारलाई जनमजदुरी गरेर नै पालनपोषण समेत गरिरहेको मानौ मखियाले बताईन। 

त्यसैगरी सुमित्रा ऋिषिदेवले पनि चार परिवारलाई दैनिकी ज्यालादारी गरेर आफुले परिवार पालि रहेको बताईन । उनले भनिन श्रीमान पनि  बितेको ४ बर्ष भयो सामान्य रोगबाट ग्रसित रहेका श्रीमानलाई डेर लाख रुपैयाँ खर्च गरेर समेत आफुले बचाउन नसकेको र अहिले समेत श्रीमानको उपचारमा लागेको दवाईको रकम तिर्ने नसकेको र प्रत्येक दिन  पसलमा तिर्ने बाँकी रहेको ३० हजार रुपैयाँ लिन सबै दिन जसो घरमा आउने गरेको र पैसा नतिरे प्रहरीमा गएर उजुरी समेत गरेर थुनाम राख्ने धम्की समेत दिदै आएको स्थानीय सुमित्राले बताईन । 

अब घर खर्च चलाउनु कि ऋण तिर्नु भन्दै बिलौना गरिरहेकी छिन् ।  अहिले यस्तो माघको जाडोमा आफ्नो परिवार पालनपोषण गर्नेका लागि आफुले बिहानैदेखि बेलुकीसम्म गरेर ३ सय रुपैयाँ मात्रै कमाउने गरेको र सबै कुरा किनेर परिवारलाई पाल्नु पर्ने बाध्यता का कारण श्रीमानरो उपचारमा लागेको रकमा तिर्ने नसकिने उनले बताईन । यस क्षेत्रमा माटो नराम्रो भएका कारण अरु अन्नवाली नहुने भएको हुनाले किसानहरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको कृषकहरु बताउछन । अहिले उक्त खेतमा घुटराज धान रोपी रहेका छन । 

माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को  धान रोपने गरेको कृषकहरु  बताउँछन्।  सो खेतमा  ३ सय मन सम्म धान उत्पादन हुने गरेको छ। अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा  काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको  कृषकहरुले बताउछन्।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...