News Portal

रामबहादुर र टोपबहादुर: ओलीका दुईतिर दुई ढेडु बाँदर

हिमालीसंचार संवाददाता
३६६ पटक

बुटवल – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्। ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले आपत्ति जनाएका हुन्।

पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे। ‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो’, नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध बिहीबार बुटवलमा गरेको विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ?, उही बाँदर ?’

पुनले यदि माओवादी युद्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गर्नुभयो। ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, नेता पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’

पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे। यस्तै, ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...