News Portal

नेपालमा नर्समाथि चर्को शोषण: निजी अस्पतालले कैयौं नर्सहरूलाई कामबाट निकाले

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौँ – अस्पतालमा पुगेका बिरामीका लागि रातदिनको भरोसा हुन् नर्स। बिरामीको हेरचाहमा धेरै भूमिका निभाउँछन् औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा नर्सको विभिन्न बहानामा शोषण हुने गरेको नर्सहरूले गुनासो गरेका छन्। बिहीबार ५९औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा उनीहरूले यस्तो गुनासो गरेका हुन्। संघले यो वर्ष ‘नर्सिङ सेवा हाम्रो सान, नर्सिङ पेसालाई गरौं सम्मान’ भन्ने नाराका साथ मनाएको छ।

अस्पतालहरूमा बिरामीको अनुपातमा नर्सको दरबन्दी नहुनुले उनीहरूमाथि कामको बोझ थुप्रिने गरेको नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेल बताउँछिन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा ६ बिरामी बराबर एक नर्स हुनुपर्छ। आइसियुमा दुई बिरामी बराबर एक जना नर्स, लेबर रुममा एक बिरामी बराबर दुई नर्स, पेडियाट्रिक वार्डमा ४ बिरामी बराबर १ नर्स, हाइडिपेन्डेन्ट युनिटमा १ बिरामीका लागि एक नर्स, पोस्ट अपरेटिभ वार्डमा दुई बिरामीका लागि एक नर्स हुनुपर्छ।

यी मापदण्ड न सरकारी अस्पतालमा पालना भएको छ न त निजीमा। यी मापदण्ड पूरा नभएका वार्डमा खटिँदा नर्सले तनावमा काम गर्नु परिरहेको अहिलेको अवस्था रहेको पोखरेलले बताइन्। केही विशिष्ट अस्पतालबाहेक अन्यले यी मापदण्ड पूरा नगरेको उनी बताउँछिन्। उनका अनुसार नेपालमा एउटा नर्सको भागमा जनरल वार्डमा ३० जनाभन्दा बढी बिरामी पर्छन्। उनीहरू सबैलाई एउटा नर्सले सेवा दिनुपर्ने स्थिति छ।

यस्तो स्थितिमा न नर्सले राम्रो सेवा दिन सक्छन् न त बिरामीले गुणस्तरीय सेवा पाउँछन्। कम नर्सले धेरै बिरामी हेर्नु पर्दाको परिणाम बिरामीले बढी सास्ती भोग्नुपर्छ। नर्सले ठीक समयमा औषधि दिइसक्नु पर्नेमा सबैलाई पालो दिँदा अन्तिमतिरको बिरामीको समय घर्किसकेको हुन्छ,’ उनले भनिन्। यसरी समय नमिली प्रयोग भएको एन्टिवायोटिकले काम नगर्ने समस्या हुने पोखरेल बताउँछिन्। कामको धेरै बोझले नर्सले बिरामीलाई राम्रो व्यवहार गर्न पनि सक्दैनन्।

कोभिड–१९ को बेला निजी अस्पतालहरूले कैयौं नर्सहरूलाई कामबाट निकाला गरेको, घरबेटीले निकालिदिने गरेको कदमले थप समस्या झेलेको उनी सुनाउँछिन्। नेपालमा नर्समाथि हुने मुख्य शोषण भनेको निजी अस्पतालमा विभिन्न बहानामा दिइने कम पारिश्रमिक हो। नेपाल नर्सिङकी महासचिव नर्बदा थापाका अनुसार अहिले पनि निजी अस्पताल तथा मेडिकल कलेजमा नर्सलाई भोल्युन्टिर, टे«नीको रूपमा काममा लगाई पाँचदेखि ९ हजारभित्र काम लगाएका थुपै्र गुनासा संघमा आउँछन्। पूरा समय काम लगाएका नर्सलाई पनि सरकारी तहको तलब छैन। काम गर्ने ड्युटी अवधि पनि तोकेको भन्दा बढी हुन्छ।

यसका लागि छुट्टै ऐनको व्यवस्था हुनुपर्ने, अस्पतालमा हुने कामको चाप घटाउन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सरकारले नर्सको दरबन्दी थप गर्नुपर्छ। हाल सरकारले १५ हजार नर्सको दरबन्दी तोकेको छ। मापदण्डअनुसार पूरा गर्ने हो भने, सरकारले देशभरि यसको दोब्बर संख्या ३० हजार नर्सको दरबन्दी थप्नुपर्छ। यो मागलाई सरकारले हरेक वर्ष आर्थिक भार हुने भन्दै आलटाल गर्दै आएको महाशाखा बताउँछ। (नागरिकन्यूज)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...