News Portal

ढल्यो ओलीको किल्ला, बुटवलमा प्रचण्ड-नेपालको लाल झण्डा

हिमालीसंचार संवाददाता
३७२ पटक

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई कित्तामा उभिएर सार्वजनिक कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छन् ।

चरणवद्ध कार्यक्रमअन्तरगत दाहाल-नेपाल समूहले बुटवलमा विरोधको कार्यक्रम राखेपछि कार्यक्रममा हुने उपस्थितिबारे चर्चा हुँदै आएको थियो। जसको दबाब पनि सो समूहमाथि थियो। जसकारण पनि नेकपाका दोश्रो तहका नेताहरु वर्षमान पुन, युवराज ज्ञवाली, घनश्याम भुसाल, चक्रपाणि खनाल बलदेव, ओनसरी घर्ती नै जनसहभागिता जुटाउन कस्सिएका थिए।

नेकपाकै ओलीको पक्षका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतका पार्टीमा प्रभाव राख्ने व्यक्तिहरुको समेत दबदबा रहेकाले सहभागिता जुटाउन कसरत गर्नुपर्ने देखिन्थ्यो। तर, केन्द्रीय अध्यक्षहरु र शीर्ष तहका नेताहरु नै कार्यक्रममा आउने भएकाले सो दबाबलाई चिर्दै नेताहरुले विपक्षीले अनुमान गरेको भन्दा धेरै सहभागिता जुटाउनुपर्ने बाध्यता थियो दोश्रो तहका नेताहरुलाई।

बुटवलको अस्पताललाईनस्थित लुम्बिनी प्रादेशिक अस्पतालको खुला भागमा आयोजित जनसभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए। उनका अनुसार विपक्षीले अपेक्षा गरेभन्दा धेरै जनसहभागिता हो। यसबारे अध्यक्षद्वय प्रचण्ड र नेपालले पनि चर्चा गरे। दुवै नेताले बुटवलबाटै अरु आन्दोलनहरुको नेतृत्व भएको भन्दै यो आन्दोलनको शुरुवात भएको बताए।

‘बुटवलमा राजतन्त्र हटाउन र त्यसअघिदेखि नै ठूला ठूला परिवर्तनहरुमा उल्लेख्य सहभागिता हुने गरेको छ । नेकपा अध्यक्ष नेपालले भने “यो जनसहभागिताले अब केपी ओलीलाई सरकारबाट बाहिर निकाल्छ र जनताको जित हुन्छ।”

अर्का नेकपा अध्यक्ष प्रचण्डले राणाकालदेखि नै बुटवलले परिवर्तनका पक्षमा आवाज उठाएको छ। कार्यक्रम सफल भएको उल्लेख गर्दै बुटवलको सहभागिताको चर्चा गर्दैं भने,’यो तपाइँहरुको सहभागिताले जनताको आन्दोलन र आवाजलाई अरु थप बलियो बनाएको छ, प्रतिगमनलाई हामीले पराजित गरेरै छाड्छौं।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...