News Portal

गृहमन्त्री बादल र अमेरिकी राजदूत बेरीसंग शिष्टाचार भेटवार्ता

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालले हिजोबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए । गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

अर्को प्रसंगमा गृहमन्त्री थापाले सरकारले बैशाखमा निर्वाचन घोषणा गरेको जानकारी दिँदै सबै पार्टीहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । भेटमा राजदुत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रपति बाइडेनको प्राथमिकताबारे चर्चा गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार, जलवायु परिवर्तन लगायतको क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताए । अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदुत बेरीले बताए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...