News Portal

गजुरमुखि जेभीले बिधुत चाेरी गरेर काम गर्दे

रबिन्द्र बराल
३७४ पटक

मोरङ – बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको रतुवामाई नगरपालिका ५ स्थित पराेपकार स्वर्गद्वारी घाटबाट गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा बिधुत चाेरी गरेर काम गरेकाे फेला परेको छ। कल्भट बनाउनका लागि खाल्डाेमा जमेकाे पानी फ्याक्नका लागि बिधुतबाट सन्चालन हुने माेटर र फलाम काट्नका लागि प्रयोग गरिने मेसिन समेत चाेरी कै बिधुतबाट काम गरेकाे पाईएकाे हाे।

गजुरमुखि जेभिले पराेपकार स्वर्गद्वारी घाटमा रहेकाे बाेडबाट बिधुत आफू खुशी बिधुत चाेरी गरेर काम गरेको पराेपकार घाटका अध्यक्ष कमल घिमिरेले बताए। उनले भने आफूले बारम्बार बिधुत नलैजान आग्रह गर्दा समेत घाटबाट बिगत १० दिन अगाडि देखि बिधुत चाेरी गरेर लगेको उनलेे बताए।

नेपाल बिधुत प्राधिकरण रंगेलीले चाेरी गरेर काम गरेकाे पानी पटाउने माेटर र ५ सय मिटर तार र बाल समेत नियन्त्रणमा लिएको छ। यसरी ठुला ठेक्केदार कम्पनीहरुले गैरकानुनी रुपमा बिधुत चाेरी गरेर काम गरिरहेकाे फेेेेला परिरहेकाे छ।

प्राधिकरणले उक्त कम्पनी लाई ५ देखि ७ हजार रुपैयाँ सम्म जरिवाना लिएर साे सामान छाड्न सकिने रंगेली प्राधिकरणका प्रमुख अबधेश गुप्ताले बताए। साे सडकमा अहिले ठाउँठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनीले भने कल्भट निर्माण गर्न क्रममा यसरी बिधुत चाेरी गरेर काम गरि रहेका छन।

उक्त ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मका छाेपि ठेक्केदार कम्पनीहरुले यसरी बिधुत चाेरी गरेर काम गरेका छन। रतुवामाई नगरपालिका देखि सुनवर्सि नगरपालिकाकाे भित्र  सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ। उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख ६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...