आज : २०२६-०७-३१, शुक्रबार

मोरङको रंगेली नगरपालिका भित्र कोरोना विरुद्धको भ्याक्सिन आजदेखि शुरु

रबिन्द्र बराल/मोरङ-मोरङको रंगेली नगरपालिका-७, मा रहेको  अस्पतालमामा बुधबार पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

कोरोना विरुद्धको खोप प्रदेश १ का ८ जिल्ला भित्र कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । रंगेली अस्पतालका मेसु  रोहेन्द्र पाण्डेले  अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएका हुन । रंगेली अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइ कर्मचारी र नगर भित्र रहेको स्वास्थ्य चौकी र हेल्थपोष्टका कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको छ । 

रंगेलीमा पहिलो चरण अन्तर्गत १ सय ३५ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए । खोप केन्द्रको निरीक्षण गर्ने क्रममा सीप विकास शाख, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य जनसंख्या मन्त्रालयका  प्रमुख राज कुमार पोखरेलका अनुसार सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम रहेको बताए ।