News Portal

मकाउबाट पवन श्रेष्ठको पहलमा दिङलाका पहिरो पिडित अमृत घलेलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५४८ पटक

साङ्गदेम्बा राई/भोजपुर – भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारको सबै भन्दा नजिक चिर्खुवा खोलादेखि मास्तिर बैधगाउँका अमृत घलेका गत असार १४ गत्ते मंगलबार मध्य रातमा गएको बाढी पहिरोले घर बगाएको थियो । पहिरो पिडित घलेका परिवार पहिरोले बगाए पनी पहिरोसंगै बगेका पहिरोका लेदोले किनारमा फ्याकेका कारण परिवारको ज्यान बचेको थियो। कान्छी छोरी भने दिङलाबाट खटिएका प्रहरी टोलीले करिब ५ धण्टा पछि उद्धार गरेको थियो ।

पहिरो पिडित अमृत घले भोजपुर जिल्लाको षडानन्द नगरपालिका वाड न ४ निवासी हुन् । पहिरोबाट करिव ७ लाखको क्षति भएको थियो। पहिरो पिडित घलेका लागि रोजगारीका लागि मकाउ पुगेका पवन श्रेष्ठको पहलमा आर्थिक सहयोग किरात राई यायोक्खा दिङंलाका रोवहरमा हस्तान्तरण गरिएको छ।

गाउँमा पहिरो गएको जानकारी किरात राई यायोक्खा दिङ्लाबाट जानकारी प्राप्त भएपछि दिङ्ला बजारका स्थानीय युवा पवन श्रेष्ठको पहलमा मकाउमा कार्यरत साथीभाईबाट रकम संकलन गरेर आफ्ना गाउँका पहिरो पिडित अमृत धलेका लागि ३५ हजार किरात राई दिङ्लाका नाममा मकाउबाट संकलित रकम पठाएका थिए। किरात राई यायोक्खा दिङलाले रु. ५ हजार थप गरेर जम्मा रु. ४० हजार हस्तान्तरण गरेका छन्। 

मकाउमा कार्यरत पवन श्रेष्ठ, अरुण घले, सचिन घले, गोपाल भारती, मन कुमार बन, इन्द्र थापा, सुदिप शाही, प्रकाश थापा, आशिष राना,विलास बस्नेत, राजेश गिरी, देवेन्द्र पौडेल, नरेश केसी, युबराज कार्की, देउमान तामाङ,  राजु श्रेष्ठ,  सरोज नेपाली,  प्रकाश रिमाल, प्रेम थापा,  सन्तोष गुरुङ, पुष्प खड्का, सुदिप थापा,  सन्जिब बोगटी, श्री भक्त गुरुङ, भिम रसाईली, कमल कार्की, सुरेश थापा, लेखनाथ खतिवडा,  होमनाथ गौतम, नबराज पुडासैनी, रोशन कार्की, साजन चौधरी, दिपेन सुन्दास र प्रयास राईले सहयोग गर्नु भएको हो।

त्यस्तै, किरात राई यायोक्खा दिङ्लाको पहलमा सुर्य राई रु.  २ हजार, यङ्गराज राई ‘किराया अध्यक्ष’ रु. १ हजार, साङ्गदेम्बा राई ‘किराया सचिव’ रु. १ हजार, सुरेश राई ‘बुढा सुब्बा हार्डवेयर’ रु. ५ सय र राज कुमार तामाङ ‘नमस्ते होटल’ रु. ५ सय लगायदबाट सहयोग संकलन गरी एक मुष्ट रु. ४० हजार पहिरो पिडित अमृत घलेलाई नगद हस्तान्तरण गरिएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...