News Portal

मकाउबाट पवन श्रेष्ठको पहलमा दिङलाका पहिरो पिडित अमृत घलेलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५०६ पटक

साङ्गदेम्बा राई/भोजपुर – भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारको सबै भन्दा नजिक चिर्खुवा खोलादेखि मास्तिर बैधगाउँका अमृत घलेका गत असार १४ गत्ते मंगलबार मध्य रातमा गएको बाढी पहिरोले घर बगाएको थियो । पहिरो पिडित घलेका परिवार पहिरोले बगाए पनी पहिरोसंगै बगेका पहिरोका लेदोले किनारमा फ्याकेका कारण परिवारको ज्यान बचेको थियो। कान्छी छोरी भने दिङलाबाट खटिएका प्रहरी टोलीले करिब ५ धण्टा पछि उद्धार गरेको थियो ।

पहिरो पिडित अमृत घले भोजपुर जिल्लाको षडानन्द नगरपालिका वाड न ४ निवासी हुन् । पहिरोबाट करिव ७ लाखको क्षति भएको थियो। पहिरो पिडित घलेका लागि रोजगारीका लागि मकाउ पुगेका पवन श्रेष्ठको पहलमा आर्थिक सहयोग किरात राई यायोक्खा दिङंलाका रोवहरमा हस्तान्तरण गरिएको छ।

गाउँमा पहिरो गएको जानकारी किरात राई यायोक्खा दिङ्लाबाट जानकारी प्राप्त भएपछि दिङ्ला बजारका स्थानीय युवा पवन श्रेष्ठको पहलमा मकाउमा कार्यरत साथीभाईबाट रकम संकलन गरेर आफ्ना गाउँका पहिरो पिडित अमृत धलेका लागि ३५ हजार किरात राई दिङ्लाका नाममा मकाउबाट संकलित रकम पठाएका थिए। किरात राई यायोक्खा दिङलाले रु. ५ हजार थप गरेर जम्मा रु. ४० हजार हस्तान्तरण गरेका छन्। 

मकाउमा कार्यरत पवन श्रेष्ठ, अरुण घले, सचिन घले, गोपाल भारती, मन कुमार बन, इन्द्र थापा, सुदिप शाही, प्रकाश थापा, आशिष राना,विलास बस्नेत, राजेश गिरी, देवेन्द्र पौडेल, नरेश केसी, युबराज कार्की, देउमान तामाङ,  राजु श्रेष्ठ,  सरोज नेपाली,  प्रकाश रिमाल, प्रेम थापा,  सन्तोष गुरुङ, पुष्प खड्का, सुदिप थापा,  सन्जिब बोगटी, श्री भक्त गुरुङ, भिम रसाईली, कमल कार्की, सुरेश थापा, लेखनाथ खतिवडा,  होमनाथ गौतम, नबराज पुडासैनी, रोशन कार्की, साजन चौधरी, दिपेन सुन्दास र प्रयास राईले सहयोग गर्नु भएको हो।

त्यस्तै, किरात राई यायोक्खा दिङ्लाको पहलमा सुर्य राई रु.  २ हजार, यङ्गराज राई ‘किराया अध्यक्ष’ रु. १ हजार, साङ्गदेम्बा राई ‘किराया सचिव’ रु. १ हजार, सुरेश राई ‘बुढा सुब्बा हार्डवेयर’ रु. ५ सय र राज कुमार तामाङ ‘नमस्ते होटल’ रु. ५ सय लगायदबाट सहयोग संकलन गरी एक मुष्ट रु. ४० हजार पहिरो पिडित अमृत घलेलाई नगद हस्तान्तरण गरिएको छ। 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...