News Portal

बादलको चेतावनीः ‘संसद पुनस्थापना गरे राजतन्त्र ल्याउँछौं’

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विघटित संसद पुनस्थापना भए राजतन्त्र पनि पुनस्थापना हुने बताएका छन्। नेकपा ओली समूहले कालिकोटमा आयोजना गरेको सभामा थापाले संसद पुनस्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानूनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था नभएकाले विघटन गरिएको उनको दाबी छ। ‘यो क्रान्तिकारी कदम हो। संसद पुनस्थापना अहिले सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद पुनस्थापना गरे राजतन्त्रको पुनस्थापना हुन्छ।’

ताजा जनादेशका लागि निर्वाचनको मिति घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे। प्रधानमन्त्री केपी ओलीले देशमा चालेको समृद्धिको यात्रा रोक्न प्रतिगामी तत्वहरूले कदम चालेको उनले दाबी छ।

नेकपाभित्रै शीर्ष नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको लोभमा परेर प्रधानमन्त्री ओलीलाई कथित आरोप लगाएर पार्टी एकताविरोधी काम गरेकाले उनीहरू प्रतिगामी तत्वको मतियार भएको थापाको जिकिर छ। ‘नयाँ जनमत लिने अवसर दिएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री हुने चाहना भएको भए जनतामा आउनुहोस्।’

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...