News Portal

बादलको चेतावनीः ‘संसद पुनस्थापना गरे राजतन्त्र ल्याउँछौं’

हिमालीसंचार संवाददाता
४७१ पटक

काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विघटित संसद पुनस्थापना भए राजतन्त्र पनि पुनस्थापना हुने बताएका छन्। नेकपा ओली समूहले कालिकोटमा आयोजना गरेको सभामा थापाले संसद पुनस्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानूनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था नभएकाले विघटन गरिएको उनको दाबी छ। ‘यो क्रान्तिकारी कदम हो। संसद पुनस्थापना अहिले सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद पुनस्थापना गरे राजतन्त्रको पुनस्थापना हुन्छ।’

ताजा जनादेशका लागि निर्वाचनको मिति घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे। प्रधानमन्त्री केपी ओलीले देशमा चालेको समृद्धिको यात्रा रोक्न प्रतिगामी तत्वहरूले कदम चालेको उनले दाबी छ।

नेकपाभित्रै शीर्ष नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको लोभमा परेर प्रधानमन्त्री ओलीलाई कथित आरोप लगाएर पार्टी एकताविरोधी काम गरेकाले उनीहरू प्रतिगामी तत्वको मतियार भएको थापाको जिकिर छ। ‘नयाँ जनमत लिने अवसर दिएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री हुने चाहना भएको भए जनतामा आउनुहोस्।’

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...