News Portal

धरानमा नागरिक समाजको शान्तिपूर्ण विरोध प्रदर्शन

'असंवैधानिक कदम विरुद्ध जनता सडकमा ओर्लदा सरकार अत्तालिएको छ' - नागरिक समाज

हिमालीसंचार संवाददाता
३७१ पटक

अविन मावो/धरान – प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोधमा सोमवार संधीय राजधानी काठमाडौमा भएको नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवम् कायरतापूर्ण कदम भन्दै मंगलवार धरानमा नागरिक समाजले विरोध प्रदर्शन गरेको छ ।

नागरिक हकहितका लागि नागरिक अभियान धरानमा आयोजित नागरिक अगुवाहरूको प्रदर्शनमा सहभागीहरूले नागरिक माथिको दमन बन्द गर, तानाशाही शैली बन्द गर, मौलिक हक सुरक्षा गर लगायत नारा लेखिएका पोस्टर नागरिक अगुवाहरुको छातीमा टाँसेका थिए ।

धरान-१२ छाताचौकमा भेला भएका नागरिक अगुवाहरूको मौन जुलुस बजारमा प्रदर्शन गर्दै धरान-२ भानुचौकमा पुगेर ५ मिनेट उभिएर धर्नामा परिणत भएको थियो । भानुचोकमा उभिएर दिएको धर्नामा संयोजक प्रा.डा. राजेन्द्र शर्माले एक विज्ञप्ति जारी गरे । विज्ञप्तिमा भनिएको छ ‘संसद् विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नागरिकहरूका आवाज संगठित हुन थालेपछि अत्तालिएको सरकार बर्बर दमनमा उत्रिएको छ ।’ नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि भएको बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवं कायरतापूर्ण कदम भएको ठहर गर्दै नागरिक अभियान धरान उक्त कदमको घोर भर्त्सना गर्दछ, भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली माथि निर्वाचित जनप्रतिनिधि नै तानाशाह बन्ने सपना देख्न थालेको आरोप लगाउँदै विज्ञप्तिमा देशी विदेशी अवाञ्छित शक्तिहरुसंगको साँठगाँठमा संलग्न भएको आशंका नेपाली जनमानसले गरिरहेको बेला सरकार दमनमा उत्रनुले त्यो आशंकालाई थप बल मिलेको उल्लेख गरिएको छ । भनिएको छ ‘बलिदानी संघर्षबाट स्थापित संधीय लोकतान्त्रिक संविधान माथिको दुर्भाग्यवश कुर्सीको मैमत्ता र दम्भले अकल्पनीय बलात्कार गरिएको छ ।’

विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटन सम्बन्धी मुद्दाको न्यायिक तथा संवैधानिक निरूपण नभए सम्म सरकार एवम् राजनीतिक दललाई अदालत प्रभावित नगर्न आग्रह गरिएको छ । तथापि शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु संविधान प्रदत्त मौलिक हक भएकाले नागरिकका मौलिक हक हनन नगर्न विज्ञप्ति मार्फत सरकारलाई सचेत गराइएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...