News Portal

आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न एप्पलको सुझाव

हिमालीसंचार संवाददाता
५९६ पटक

एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु रोगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ।

सिएनएन बिजनेसका अनुसार शनिबार एप्पलले आफ्नो पेजमा नयाँ आइफोनले पार्न सक्ने जोखिमबारे सूचना प्रकाशित गरेको थियो। जसमा आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्यागनेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखेको पेसमेकर र डेफिब्रिलेटर जस्ता मेडिकल उपकरणको सम्पर्कमा आएर हानी पुर्‍याउन सक्ने लेखिएको छ।

कम्पनीले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन भनेको छ। एप्पलका अनुसार आइफोन १२ का मोडलमा पुराना आइफोनमा भन्दा बढी चुम्बक हुन्छ। यसैगरी मुटु रोगीले लगाउने मेडिकल उपकरणमा पनि एउटा सेन्सर हुन्छ, जुन बाहिरी उपकरणमा हुने चुम्बकसँग सम्पर्कमा आउन सक्छ।

सोहीकारण कम्पनीले प्रयोगकर्तालाई आफ्नो आइफोन वा म्यागसेफ चार्जर मेडिकल उपकरणभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको हो। ‘मुटु रोगी प्रयोगकर्ताले सुरूमा आफ्नो चिकित्सक वा मेडिकल उपकरणको निर्मातासँग परामर्श लिएर मात्र आइफोन वा म्यागसेफबाट दुरी अपाउन पर्ने वा नपर्ने भनेर बुझ्नुपर्छ,’ एप्पलले सूचनामा लेखेको छ, ‘यदि प्रयोगकर्तालाई आइफोन १२ वा म्यागसेफले आफ्नो मेडिकल उपकरणमा असर गरिरहेको छ जस्तो लागेमा उनीहरुले आइफोन प्रयोग गर्नु हुँदैन।’

गत वर्ष मात्रै एप्पलले आइफोन १२ का चार नयाँ मोडल सार्वजनिक गरेको हो। आइफोनसँगै कम्पनीले चुम्बकबाट चार्ज गर्न सकिने वायेरलेस चार्जर म्यागसेफ बजारमा ल्याएको थियो। यी नयाँ उपकरण मुटु रोगी प्रयोगकर्ताको लागि डर हुने भएकोले नै एप्पलले आफ्नो सेफ्टी मार्गदर्शन अझ विस्तार गरेको हो। आइफोनमा भएको चुम्बकीय उपकरणले ठूलो जोखिम भने नपार्ने कम्पनीको भनाइ छ।

स्वास्थ्य विशेषज्ञहरुले लामो समयदेखि स्मार्टफोनहरु प्रत्यारोपित मेडिकल उपकरणको नजिक नराख्न सुझाव दिँदै आएका छन्। मुख्यगरी मुटु रोगीले स्मार्टफोन आफ्नो सर्टको गोजीमा राख्न नहुने विशेषज्ञहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...