News Portal

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट राजस्व बुझाउन सकिने, आधा दर्जन संस्थासँग सम्झौता

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पे बीच सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध संचालक कुसुम लामा  र नेपाल पेका तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सकिने छ। राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...