News Portal

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ विद्यार्थी घाइते

    हिमालीसंचार संवाददाता
    ३४७ पटक

    कलेन्द्र सेजुवाल,
    सुर्खेत — ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन्। आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास फायर गर्नुका साथै लाठीचार्ज गरेको थियो।

    इन्जिनियरिङ संकायका विद्यार्थीहरू रोशन बस्नेत र तर्कराज शाही घाइते भएका छन्। उनीहरूको माया नर्सिङ होममा उपचार भइरहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालयबाट बाहिर निस्किन नदिएपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा दुई विद्यार्थी घाइते भएको बताए।

    ‘विद्यार्थीहरू दिउँसोदेखि नै गेटमा अवरोध गरेर बसेका थिए, प्रहरीले जति अनुरोध गर्दा पनि हट्न मानेनन्,’ उनले भने। ‘उनीहरू अँध्यारो भएपछि झन् तोडफोडमा उत्रिएपछि बल प्रयोग गरिएको हो।’ विश्वविद्यालयका विद्यार्थी नेता गौतम बीसीका अनुसार विद्यार्थीले ‘रिटेक’ परीक्षा कायम राख्नुपर्नेलगायत माग राखेर बिहान ११ बजेदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए।

    उनीहरूले उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई ज्ञापनपत्र दिन खोजेको र उपकुलपतिले ज्ञापनपत्र बुझ्न नमानेपछि समस्या उत्पन्न भएको बताए। उपकुलपति सिंहले इन्जिनियरिङ विषयको गुणस्तर कायम गर्न ‘रिटेक’ परीक्षाको व्यवस्था हटाइएको बताउँदै परीक्षासँग सम्बन्धित कुनै मागहरू भए परीक्षा व्यवस्थापन प्रमुखलाई बुझाउन अनुरोध गर्दा विद्यार्थीले नमानेको जानकारी दिए।

    ‘मैले मागपत्र बुझ्नका लागि ५ पटकसम्म परीक्षा प्रमुखलाई विद्यार्थी भएको ठाउँमा पठाएँ तर, उनीहरूले उपकुलपति नै चाहियो भनेर बुझाउन मानेनन्,’ उनले भने। ‘साँझ परेपछि मलाई लक्षित गरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले हामीलाई सुरक्षित तबरले उद्धार गरेर बाहिर निकाल्यो।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...