News Portal

  • उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी, डिभिजन वन कार्यालय मुकदर्शक

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    सुर्खेत – सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप स्थानीयले लगाएका हुन्।

    सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिन अघिदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयले बताए। उक्त स्थानमा करिब तीनसय भन्दा बढी सालका काँचा रुख काटिएका छन्। रुख काट्दा स्थानीयले रोक्न खोजेपछि रिङरोड क्षेत्रमा पर्ने रुख काट्ने अनुमति पाएको भन्दै निर्वाध वन फडानी गरेको स्थानीयको भनाई छ।

    सडक छेउ–छाउका रुख काट्नका लागि प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर मात्र रुख काट्ने अनुमति पाइन्छ भने हालसम्म मन्त्रालयद्वारा उक्त प्रतिवेदन बनेको छैन। यसो त साल जातको रुख काट्न पूर्ण रुपमा बन्द गरिएको छ। वन उपभोक्ता समितिका अध्यक्ष बमबहादुर शाहीले रुख काटिएको स्वीकार गरे। ‘चोरीमा रुख काटिएका छन्। कसैलाई पक्रिन सकेका छैनौं।’ उनले भने, ‘हामीले डिभिजन वन कार्यालयमा जानकारी गराएका छौं।’

    यद्यपी, अध्यक्ष शाहीले डिभिजन वन कार्यालयलाई जानकारी दिएको भनेपनि वन कार्यालयका प्रमुख गोविन्द दाहालले आफुलाई कुनै जानकारी नआएको बताए। कार्यालय प्रमुख दाहाल र उपभोक्ता समितिका अध्यक्ष शाहीको भनाई अनुसार वन उपभोक्ता समितिले अवैध वन फडानी हुँदा मुकदर्शक बनेर बस्नुका साथै फडानी गर्नेहरुसँग समेत समितिको मिलेमत्तो भएको आशंका गरिएको छ।

    No description available.

    वन उपभोक्ता समितिले वन फडानी हुँदा डिभिजन वन कार्याललाई तत्काल जानकारी गराई छानविन प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ तर, समितिले यस्ता कुनै प्रक्रिया गरेको छैन। यद्यपी जंगल फडानी भएको क्षेत्र र डिभिजन वन कार्यालय दुरीका हिसाबले ४ किलोमिटरमा रहेका छन्। चालु आर्थिक वर्षको जेठ १५ गतेदेखि कुनै पनि किसिमको वनमा रहेका साल जातका रुख काट्न पूर्णरुपमा बन्देज गरिएको डिभिजन प्रमुख दाहालले बताए।

    ‘साल जातको रुख काट्न पाउने कुनै अनुमति छैन। वनमा रुख काटिएको विषयमा हामीसँग कुनै जानकारी समेत छैन।’ उनले भने, ‘रुख काटिएका सबै अवैध हुन्। हामी उपभोक्ता समितिलाई नियन्त्रण लिएर छानविन गर्छौं।’

    डिभिजन प्रमुखको कार्यप्रति आशंका !

    डिभिजन वन प्रमुख गोविन्द दाहालले सालको रुख काट्न पूर्ण रुपमा बन्द गरिएको बताएपनि उनकै निर्देशनमा काँक्रेविहार संरक्षण क्षेत्रभित्र मन्दिरको मुर्ति ल्याउनका लागि डोजर लगाई करिब ५०–६० वटा सालका रुख अवैध रुपमा काटिएका थिए भने काँक्रेविहारको प्रवेशद्वार अगाडी मसालका बुटाहरु आरा लगाई काटि स्थानीय इट्टाभट्टालाई विक्रि गरिएको थियो।

    यस्तै, बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कार्यालयको अनुगमन टोलीले निरक्षण गरेकोक थियो। वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको पाईएको कार्यालयले बताएको थियो तर, डिभिजन कार्यालयले भने दोषीको छानविन गरि कानुनी कारबाही नगरेका हुँदा उनले नियमन गर्ने जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहको वन फडानीलाई पनि कानुनी दायरा ल्याउनेप्रति स्थानीयले आशंका गरेका छन्।

    No description available.

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...