News Portal

अवैध भारतीय टिप्पर सुर्खेतमा निर्वाध संचालन

हिमालीसंचार संवाददाता
४०२ पटक

सुर्खेत – भारतमा दर्ता भएको दुईवटा अवैध टिप्पर निर्वाध सञ्चालन भएको पाएको छ। सुर्खेतको भेरीगंगा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय छिन्चुले ती टिप्पर नियन्त्रणमा लिएको हो।

भारतमा दर्ता भएका यी दुई टिप्पर कपिलवस्तुको बर्दघाट, त्रिवेणी, बाल्तडा जोड्ने सडक निर्माण योजनाका लागि गावर कस्यप ज्वाइन्ट कम्पनी प्रालिले नेपाल ल्याएको थियो। योजना अवधिसम्मका लागिमात्र नेपालभित्र चलाउन पाउने गरि यातायात व्यवस्था कार्यालयले अस्थायी नम्बर प्लेट उपलब्ध गराएको थियो।

उक्त सडक योजना निर्माण सम्पन्न भैसकेको छ भने, सन् २०१५ अर्थात विक्रम संवत २०७१ मा योजना सुरुवात भएको सडक डिभिजन कार्यालय नवलपरासीले जनाएको छ।

योजना अवधिसम्मका लागि निर्माणस्थल क्षेत्रमा मात्रै सञ्चालन गर्न पाउने अनुमति पाएका टिप्पर निमार्णस्थल क्षेत्रमात्र नभई जिल्ला र प्रदेशसमेत फरक पारेर सुर्खेतमा निर्वाध सञ्चालन गरेको पाइए पछि अवैध भएका हुन् भने, यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ को ११.१.२ अस्थायी दर्तासम्बन्धी व्यवस्था अनुसार बाह्य मुलुक अर्थात भारतबाट नेपाल आयात गरिएका यातायात साधन निश्चित अवधि सकिएपश्चात फिर्ता पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

यद्यपी सुर्खेतस्थित स्टार कन्स्र्टक्सन प्रालिले रातो नम्बर प्लेट (निजी प्रयोजनमा प्रयोग गरिने)मा सञ्चालन गरेको पाइएको हो। उक्त टिप्पर ना १ ब यो १२४ र ना १ अ यो १२६ नम्बरको रातो नम्बर प्लेटमा सञ्चालन गरिएका हुन्।

भेरीगंगा नगरपालिकाको छिन्चु खोलामा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर सहित यी दुई टिप्परलाई कर्णाली प्रदेश प्रहरी कार्यालयस्थित व्यूरो टोलिले शनिबार साँझ नियन्त्रणमा लिएको हो। उक्त टिप्पर ईप्रका छिन्चुमा राखिएको छ।

अवैध टिप्परका सम्बन्धमा थप छानबिन भई आवश्यक कारबाहीको तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लामो समयसम्म अवैध रुपमा निर्वाध चलिरहेका टिप्पर कारबाहीको दायरामा आउन नसक्नु नियमनकारी निकायमाथी नै आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...