News Portal

अवैध भारतीय टिप्पर सुर्खेतमा निर्वाध संचालन

हिमालीसंचार संवाददाता
३६३ पटक

सुर्खेत – भारतमा दर्ता भएको दुईवटा अवैध टिप्पर निर्वाध सञ्चालन भएको पाएको छ। सुर्खेतको भेरीगंगा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय छिन्चुले ती टिप्पर नियन्त्रणमा लिएको हो।

भारतमा दर्ता भएका यी दुई टिप्पर कपिलवस्तुको बर्दघाट, त्रिवेणी, बाल्तडा जोड्ने सडक निर्माण योजनाका लागि गावर कस्यप ज्वाइन्ट कम्पनी प्रालिले नेपाल ल्याएको थियो। योजना अवधिसम्मका लागिमात्र नेपालभित्र चलाउन पाउने गरि यातायात व्यवस्था कार्यालयले अस्थायी नम्बर प्लेट उपलब्ध गराएको थियो।

उक्त सडक योजना निर्माण सम्पन्न भैसकेको छ भने, सन् २०१५ अर्थात विक्रम संवत २०७१ मा योजना सुरुवात भएको सडक डिभिजन कार्यालय नवलपरासीले जनाएको छ।

योजना अवधिसम्मका लागि निर्माणस्थल क्षेत्रमा मात्रै सञ्चालन गर्न पाउने अनुमति पाएका टिप्पर निमार्णस्थल क्षेत्रमात्र नभई जिल्ला र प्रदेशसमेत फरक पारेर सुर्खेतमा निर्वाध सञ्चालन गरेको पाइए पछि अवैध भएका हुन् भने, यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ को ११.१.२ अस्थायी दर्तासम्बन्धी व्यवस्था अनुसार बाह्य मुलुक अर्थात भारतबाट नेपाल आयात गरिएका यातायात साधन निश्चित अवधि सकिएपश्चात फिर्ता पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

यद्यपी सुर्खेतस्थित स्टार कन्स्र्टक्सन प्रालिले रातो नम्बर प्लेट (निजी प्रयोजनमा प्रयोग गरिने)मा सञ्चालन गरेको पाइएको हो। उक्त टिप्पर ना १ ब यो १२४ र ना १ अ यो १२६ नम्बरको रातो नम्बर प्लेटमा सञ्चालन गरिएका हुन्।

भेरीगंगा नगरपालिकाको छिन्चु खोलामा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर सहित यी दुई टिप्परलाई कर्णाली प्रदेश प्रहरी कार्यालयस्थित व्यूरो टोलिले शनिबार साँझ नियन्त्रणमा लिएको हो। उक्त टिप्पर ईप्रका छिन्चुमा राखिएको छ।

अवैध टिप्परका सम्बन्धमा थप छानबिन भई आवश्यक कारबाहीको तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लामो समयसम्म अवैध रुपमा निर्वाध चलिरहेका टिप्पर कारबाहीको दायरामा आउन नसक्नु नियमनकारी निकायमाथी नै आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...