News Portal

मध्यभोटेकोसी जलविद्युत्: वर्षदिन नबित्दै भत्कियो बाँध, लेनदेनसम्बन्धी अर्को अडियो सार्वजनिक

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाडौँ – कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ। भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो।

लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने, ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन्। भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो।

बाँध निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन्, ‘स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो। बाँध नै कमजोर भएपछि आयोजनाको हालत के होला ?’ आयोजनाका एक पूर्वसीईओले आयोजनाको गुणस्तर राम्रोसँग जाँच्ने हो भने, धेरै समस्या भेटिने बताए।

बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिल–वे हो। ‘यसमा पानी, ढुंगा र बालुवाको बढी नै प्रेसर पर्छ,’ भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले भने, ‘बेलाबेलामा मर्मत गर्नुपर्ने नै हुन्छ।’ चिलिमे जलविद्युत् कम्पनीको मोडेलमा सात वर्षअघि सिन्धुपाल्चोकमा सुरु भएको उक्त आयोजनाका लागि आठ अर्बभन्दा बढी खर्च भइसकेको छ।

आयोजनाको संरचना निर्माणका क्रममा रड, सिमेन्ट, गिट्टी, बालुवा, रसायन पदार्थलगायतका वस्तुको प्रयोग घटाएर गुणस्तर कमजोर बनाएबापत करोडौं खर्च गर्ने ठेकेदारको प्रस्तावसहितको अडियो रेकर्ड एक महिनाअघि सार्वजनिक भएको थियो। उक्त रेकर्डमा बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाण सामग्री प्रयोग गर्ने विषयमा पनि छलफल भएको छ।

रेकर्डअनुसार भोटेकोसी कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनीका दोभासे गोविन्द पौडेल र आयोजनाका प्राविधिकबीच भएको रकम लेनदेनसम्बन्धी कुराकानी सुन्न सकिन्छ। दोभासे पौडेलले काफ्लेलाई आफूले भनेअनुसार काम गरेमा दुई करोडसम्म उपलब्ध गराउने प्रस्ताव गरेका छन्।

ठेकेदार, परामर्शदाता र काफ्लेले गरेको कुराकानीको रेकर्डमा आफूहरूको योजनामा आयोजनाका तत्कालीन प्रमुख सुनीलकुमार लामा बाधक भएको विवरण पटक–पटक बताइएको छ। लामालाई कोड भाषामा ‘हेलमेट’ नाम राखिएको छ। लामा सात वर्षदेखि आयोजनामा कार्यरत थिए। हेलमेटको अर्थ काममा बाधा पुर्‍याउने वा छेक्ने अर्थ लगाइएको छ। याे समाचार आजको कान्तिपुरदैनिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...