News Portal

निर्वाचनको तयारीमा जुट्यो आयोग: मतदान केन्द्र थपघट हुँदै, पुस ५ सम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं – निर्वाचन आयोगले वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ। मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आज आयोगको बैठक बस्दैछ।

प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने जानकारी दिनुभयो। उहाँका अनुसार त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ।

‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं। कतिपय केन्द्र नजिक छन भने गाभिन्छन्, अपायक छ भने थपिन्छन्’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो। मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ।’

२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो। उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए। यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोगको आँकलन छ। आयोग स्रोतले जनाएको छ।

आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ। तर भौगोलिक विकटता, जनसंख्यालाईसमेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ।

आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने प्रमुखनिर्वाचन आयुक्त थपलियाले बताउनुभयो। उहाँका अनुसार प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...