News Portal

टेण्डर सम्झौता नहुँदै भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

हिमालीसंचार संवाददाता
४६९ पटक

सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार ९ सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ।

आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मिति २०७७ मंसिर १७ गते ढुंगा, गिटि, बालुवा उत्खनन्का लागि बोलपत्र आह्वान गरेको थियो। यद्यपी नगरपालिकाले अमानतमा चालु आर्थिक वर्षको असोज १ गतेदेखि नै ढुंगा, गिटि, बालुवा निकासी गर्दै आएको छ। नगरपालिकाको छिन्चु खोला, डुंगी खोला र मोहटी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भैरहेको छ।

यि खोलाबाट हालसम्म ३३ हजार घनमिटर बराबरको ढुंगा, गिटी, बालुवा निकासी भएको हो। नगरपालिकाको राजश्व शाखाका अनुसार विल नम्बर सात हजार देखि नदीजन्य पदार्थको राजश्व विल काट्न सुरु गरिएको जनाइएको छ।

सोही अनुरुप मिति २०७७ पौष १६ गते विहान ८ बजेसम्म १३ हजार ८ सय ७२ नम्बरको विलमार्फत ट्याक्टरले ढुंगा निकासी गरेको छ भने, सोही दिन विहान ८ः३५ बजे विल नम्बर १३ हजार ८ सय ७८ मार्फत टिप्परले बालुवा निकासी गरेको छ। शाखाका अनुसार विल नम्बर ७ हजारदेखि लगातार रसिद काटिएको छ।

शाखाले दिएको जानकारी र विल नम्बरलाई आधारमानी ५ हजार ट्याक्टरले बोकेको नदीजन्य पदार्थको कूल परिमाण १५ हजार घनमिटर बराबरको प्रति ट्याक्टर २ सय ७० का दरले १३ लाख ५० हजार राजश्व रकम जम्मा भएको देखिन्छ भने २ हजार टिप्परले बोकेको कूल परिमाण १८ हजार घनमिटर प्रति टिप्पर ९ सय ५५ का दरले १९ लाख १० हजार राजश्व रकम जम्मा भएको बुझिन्छ।

ट्याक्टर र टिप्परको कूल परिमाणलाई जोड्दा पौष १६ गतेविहानसम्म ३३ हजार घनमिटर बराबर ३२ लाख ६० हजार राजश्व रकम नदीजन्य पदार्थ उत्खनन्मार्फत जम्मा भएको बुझिन्छ। यद्यपी आईई प्रतिवेदनमा तोकिएको ४२ हजार ९ सय ७२ दशमलव ३५ घनमिटरबाट अमानतमा निकासी भएको परिमाण घटाउदा ९ हजार ९ सय ७२ घनमिटर मात्रै चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उठाउन पाउने देखिन्छ।

अब नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गर्दा आईई प्रतिवेदन अनुसारको परिमाण र अमानतमा निकासी गरेको परिमाण घटाउने वा नघटाउने भन्नेमा चाँसोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...