News Portal

पीयू एण्ड राज कन्ट्रक्सनकाेले कहिले बनाउला पुल

हिमालीसंचार संवाददाता
३९२ पटक

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू एण्ड राज कन्ट्रक्सनले उक्त पुुुल तथा सडककाे काम गर्ने ठेक्का पाएता पनि कम्पनीले पुलकाे एक भाग भत्काएर अलपत्र पारेर छाडेको छ।

दैनिकी आजत जावत गर्ने स्थानीयलाई रातिको समयमा समस्या परेको स्थानीय श्याम राजबंंशीले बताए। कम्पनीका केही कामदारहरु बिहान एक्छिन आएर हेम्बर डिलकाे प्रयाेग गरेर पुल भत्काउन थालिएको र काम गरे जस्तो गर्ने र पछि फर्केर समेत नआउने गरेको स्थानीयले बताए।

यसरी पुल काे केही भाग भत्काएर छाडदा कुनै दुर्घटना भए यसकाे जिम्मेवारी ठेक्केदार ले लिनुपर्ने समेत स्थानीय माधव खड्का ले बताए। साता दिन बितिसक्दा समेत सानाे पुल भत्काउन भने सकेकाे छैन।

साे कम्पनीले शुक्रबारेे देखि लबटाेली हुदै पिपल चाेक सम्मकाे सडक ग्रावेल र पुल समेतकाे ठेक्का प्रदेश सरकारकाे सभासद काेषकाे ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा साे सडककाे कल्भट र ग्रावेल गर्ने ठेक्का पीयू एण्ड राज कन्ट्रक्सन पाएकाे छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...