News Portal

प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लवको पत्रकार संगठनमा फेरि भाँडभैलो

हिमालीसंचार संवाददाता
६३२ पटक

काठमाडौँ – गैरपत्रकार र प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा फेरि भाँडभैलो मच्चिएको छ। विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन “जनपत्रकार संगठन नेपाल”को संयोजकमा गैरपत्रकार कार्यकर्ता शेरबहादुर बिक “दर्शन”लाई ल्याएपछि भाँडभैलो मच्चिएको हो।

अछाम घर भएका बिकलाई प्रहरीले बम विस्फोट, चन्दा असुली, राज्यविरुद्धको अपराध गरेको आरोपमा खोजि गरिरहेको छ। पत्रकारिताको सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई पत्रकार संगठनको जिम्मेवारी दिएपछि विप्लव निकट पत्रकारले बिकलाई बहिस्कार गरेका छन्। पुरानो विवादबारे छलफल नगरी बिकलाई ल्याएपछि यसअघिका जनपत्रकारका सम्पूर्ण पदाधिकारीले अस्वीकार गर्दै संगठनमै बस्न मानेनन्।

पार्टीले बिकको माताहत बस्न भनेपनि पार्टी निकट रहेर पत्रकारिता गरिरहेकी हालको सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरीलेसमेत बिकलाई अस्वीकार गर्दै संगठनमा बस्न अस्वीकार गरेपछि बिकले सबै पदाधिकारीलाइ विदाइ गरिएकाे विज्ञप्ति जारी गरेको एक सदस्यले बताए।

संगठनको बैठकको निर्णय भन्दै पुस १६ गते बिकले विज्ञप्ति जारी गरे तर, बैठक नै नबसेर विज्ञप्ति जारी गरिएको उनले बताए। बिक कति अपरिपक्क छन् भन्ने कुरा उनले जारी गरेको विज्ञप्तिबाट प्रष्ट हुन्छ। बिकले जारी गरेको विज्ञप्तिमा २०७८ बैशाखमा सम्मेलन गरी संयोजक समिति बनाइएको उल्लेख छ।

विप्लव निकट पत्रकारहरुका दुई संगठन छन्। पार्टीले यसअघि जुनियर कार्यकर्ता प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि पुराना र ठूलो समूहले क्रान्तिकारी पत्रकार संगठन नेपाललाई निरन्तरता दिएको छ। त्यसबेला पार्टीले जनपत्रकार संगठनलाई आधिकारिकता दिएको थियो। त्यही जनपत्रकार संगठनका पदाधिकारीदेखि बहुमत सदस्यले अहिले बिकलाई अस्वीकार गरेका छन्। बैठक बस्नसमेत टोली जुटाउन नसकेर बिकले बैठक बसेको झुटो बिषय उल्लेख गरेर विज्ञप्ति जारी गरेको बताइएको छ।

विवाद हुनुभन्दा पहिले विप्लव निकट पत्रकार संगठनको नाम क्रान्तिकारी पत्रकार संगठन नेपाल थियो। पार्टीले प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको थियो। क्रान्तिकारी पत्रकार संगठनका बहुमत सदस्यले पार्टीको उक्त निर्णय नमानेपछि जनपत्रकार संगठन नेपाल नाम राखिएको थियो।

उक्त संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिब हिम बिष्टले भूमाफियासँगको मिलेमतोमा पैसा खाएको भन्दै विप्लवले कारवाही गरेपछि उक्त संगठन नेतृत्वविहीन बनेको थियो। त्यसपछि हालसम्म सचिव सिर्जना तिम्सिना र कोषाध्याक्ष जानकी चौधरीले संगठनको नेतृत्व गरिरहेका थिए। सचिव र कोषाध्यक्ष दुबैलाई बाइपास गरेर गैरपत्रकारलाई संगठनको जिम्मा दिएपछि विप्लवको पार्टी भित्र तीब्र असन्तुष्टि बढेको एक सदस्यले जानकारी दिए।

विप्लव नेकपाका एक पार्टी केन्द्रिय सदस्यले भने- ‘अहिले पार्टी केन्द्रको निर्णय दुबै संगठनलाई मिलाउने गरी भएको हो तर, पत्रकारिताकै क्षेत्रबाट आएका नेताहरु हुँदाहुँदै बाहिरबाट विकल्प खोजिनु दुर्भाग्यपूर्ण भयो “हामीले नेतृत्वलाई पत्रकारितामै स्थापित साथीहरुमध्येबाट दुबै संगठन मिलाउने गरी एकजनलाई जिम्मेवारी दिनुपर्छ भन्ने सुझाव दिएका थियौं तर त्यो भएन” ती केन्द्रीय सदस्यले भने। उनले बिकलाई संगठनको जिम्मा दिएर पार्टीले फेरि पनि गल्ती गरेकोसमेत बताए।

पार्टीमाथिको प्रतिबन्धपछि अछामको रामारोशन गाउँपालिका बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणका क्रममा बिक घाइते भएका थिए। घाइतेपछि उनी हालसम्म काठमाडौंमै छन्। उनी अहिले पार्टीको एक प्रकाशनमा जोडिएका छन्। बिकले काठमाडौँबाटै अछामका स्थानीय तहमा विज्ञापनको नाममा धम्क्याएर चन्दा माग्ने गरेको एक जनप्रतिनिधिले बताए।

बिक नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत छैनन्। उनी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा निकट भएकै कारण जनपत्रकार संगठनकै बहुमत सदस्यले बहिस्कार गर्दागर्दै पनि संयोजक बनाएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...