News Portal

  • प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लवको पत्रकार संगठनमा फेरि भाँडभैलो

    हिमालीसंचार संवाददाता
    ४४५ पटक

    काठमाडौँ – गैरपत्रकार र प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा फेरि भाँडभैलो मच्चिएको छ। विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन “जनपत्रकार संगठन नेपाल”को संयोजकमा गैरपत्रकार कार्यकर्ता शेरबहादुर बिक “दर्शन”लाई ल्याएपछि भाँडभैलो मच्चिएको हो।

    अछाम घर भएका बिकलाई प्रहरीले बम विस्फोट, चन्दा असुली, राज्यविरुद्धको अपराध गरेको आरोपमा खोजि गरिरहेको छ। पत्रकारिताको सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई पत्रकार संगठनको जिम्मेवारी दिएपछि विप्लव निकट पत्रकारले बिकलाई बहिस्कार गरेका छन्। पुरानो विवादबारे छलफल नगरी बिकलाई ल्याएपछि यसअघिका जनपत्रकारका सम्पूर्ण पदाधिकारीले अस्वीकार गर्दै संगठनमै बस्न मानेनन्।

    पार्टीले बिकको माताहत बस्न भनेपनि पार्टी निकट रहेर पत्रकारिता गरिरहेकी हालको सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरीलेसमेत बिकलाई अस्वीकार गर्दै संगठनमा बस्न अस्वीकार गरेपछि बिकले सबै पदाधिकारीलाइ विदाइ गरिएकाे विज्ञप्ति जारी गरेको एक सदस्यले बताए।

    संगठनको बैठकको निर्णय भन्दै पुस १६ गते बिकले विज्ञप्ति जारी गरे तर, बैठक नै नबसेर विज्ञप्ति जारी गरिएको उनले बताए। बिक कति अपरिपक्क छन् भन्ने कुरा उनले जारी गरेको विज्ञप्तिबाट प्रष्ट हुन्छ। बिकले जारी गरेको विज्ञप्तिमा २०७८ बैशाखमा सम्मेलन गरी संयोजक समिति बनाइएको उल्लेख छ।

    विप्लव निकट पत्रकारहरुका दुई संगठन छन्। पार्टीले यसअघि जुनियर कार्यकर्ता प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि पुराना र ठूलो समूहले क्रान्तिकारी पत्रकार संगठन नेपाललाई निरन्तरता दिएको छ। त्यसबेला पार्टीले जनपत्रकार संगठनलाई आधिकारिकता दिएको थियो। त्यही जनपत्रकार संगठनका पदाधिकारीदेखि बहुमत सदस्यले अहिले बिकलाई अस्वीकार गरेका छन्। बैठक बस्नसमेत टोली जुटाउन नसकेर बिकले बैठक बसेको झुटो बिषय उल्लेख गरेर विज्ञप्ति जारी गरेको बताइएको छ।

    विवाद हुनुभन्दा पहिले विप्लव निकट पत्रकार संगठनको नाम क्रान्तिकारी पत्रकार संगठन नेपाल थियो। पार्टीले प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको थियो। क्रान्तिकारी पत्रकार संगठनका बहुमत सदस्यले पार्टीको उक्त निर्णय नमानेपछि जनपत्रकार संगठन नेपाल नाम राखिएको थियो।

    उक्त संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिब हिम बिष्टले भूमाफियासँगको मिलेमतोमा पैसा खाएको भन्दै विप्लवले कारवाही गरेपछि उक्त संगठन नेतृत्वविहीन बनेको थियो। त्यसपछि हालसम्म सचिव सिर्जना तिम्सिना र कोषाध्याक्ष जानकी चौधरीले संगठनको नेतृत्व गरिरहेका थिए। सचिव र कोषाध्यक्ष दुबैलाई बाइपास गरेर गैरपत्रकारलाई संगठनको जिम्मा दिएपछि विप्लवको पार्टी भित्र तीब्र असन्तुष्टि बढेको एक सदस्यले जानकारी दिए।

    विप्लव नेकपाका एक पार्टी केन्द्रिय सदस्यले भने- ‘अहिले पार्टी केन्द्रको निर्णय दुबै संगठनलाई मिलाउने गरी भएको हो तर, पत्रकारिताकै क्षेत्रबाट आएका नेताहरु हुँदाहुँदै बाहिरबाट विकल्प खोजिनु दुर्भाग्यपूर्ण भयो “हामीले नेतृत्वलाई पत्रकारितामै स्थापित साथीहरुमध्येबाट दुबै संगठन मिलाउने गरी एकजनलाई जिम्मेवारी दिनुपर्छ भन्ने सुझाव दिएका थियौं तर त्यो भएन” ती केन्द्रीय सदस्यले भने। उनले बिकलाई संगठनको जिम्मा दिएर पार्टीले फेरि पनि गल्ती गरेकोसमेत बताए।

    पार्टीमाथिको प्रतिबन्धपछि अछामको रामारोशन गाउँपालिका बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणका क्रममा बिक घाइते भएका थिए। घाइतेपछि उनी हालसम्म काठमाडौंमै छन्। उनी अहिले पार्टीको एक प्रकाशनमा जोडिएका छन्। बिकले काठमाडौँबाटै अछामका स्थानीय तहमा विज्ञापनको नाममा धम्क्याएर चन्दा माग्ने गरेको एक जनप्रतिनिधिले बताए।

    बिक नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत छैनन्। उनी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा निकट भएकै कारण जनपत्रकार संगठनकै बहुमत सदस्यले बहिस्कार गर्दागर्दै पनि संयोजक बनाएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal