News Portal

राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालीसंचार संवाददाता
३९८ पटक

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षत्री, उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ताविरुद्ध १ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। उनीहरूमाथि किर्ते कागजातको मूल्यांकन गरी ऋण प्रवाह गरेको आरोप छ।

यस्तै, ऋण लिने रिजवान अहमत जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीहरूमाथि ७५ लाखदेखि १ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। धितो मूल्यांकनकर्ता कर्णबहादुर के–केमाथि समेत १ करोड २५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...